नेपालको पहिलो महिला संगीतकार शान्ति ठटाल 'पलेटी'मा

नेपालको पहिलो महिला संगीतकार शान्ति ठटाल 'पलेटी'मा

'सम्हालेर राख, संगालेर राख

फेरि फुल्ने होकी होइन जोवनको फूल
यादसंगै राख
साँचीसाँची राख
चाहे झरोस् बिरानीमा, निसानी भरपुर।'

गीतको यिनै अन्तरासँगै जब ८१ वर्षीया गायिका तथा संगीतकार शान्ति ठटालका स्वर गुन्जियो दर्शकहरुका ओठ पनि चलायमान भए।सबै ठटाल संगैसंगै गुन्गुनाए। तालीले गुञ्जायमा भयो कार्यक्रमस्थल। कालीकास्थान स्थित ‘आर-शालामा सञ्चालन भएको पलेटी श्रृङखलामा यो पटक शान्ति ठटालले जादुयी प्रस्तुति दिएकी छन्। 

नेपाली सुगमसंगीतमा लामो समयसम्म काम गरेकी ठटाल मुलत संगीतकार हुन्। दार्जिलिङमा बस्दै आएकी ठटाल केही दिनअघि मात्रै पलेटी श्रृङखलाको लागि काठमाडौँ आएकी हुन्। साथमा आफ्ना विद्यार्थी बिमला सेन्चुरी प्रधान अन्जली प्रधान पनि उनीसँगै थिए।

जीवन्त बनेका आधुनिक गीत संगीतलाई पुन सम्झिने उदेश्यका साथ २००५ देखि नै पलेटी श्रृङखला सुरु भएको हो। कार्यक्रममा हालसम्म ५० भन्दा बढी संगीतकारले प्रस्तुति दिइसकेका छन्। नेपाली आधुनिक संगीतलाई योगदान पुर्‍याएका विश्वका जुनसुकै ठाउँमा बस्ने सष्टालाई पलेटीले स्थान दिन्छ। उनीहरुको स्वर सुन्छ, संगीतको धुन बजाउँछ र दर्शकसम्म पुर्‍याउँछ।

शान्ति ठटालका पलेटी श्रृङखलामा यो पाँचौं पटकको उपस्थिति हो। उनको संगीतमा बेग्लै खालको मिठास पाइने कार्यक्रम सञ्चालक आभासले बताए। पलेटीका संयोजकसमेत रहेका आभासले ठटालसँग संगत गर्न पाउँदा संगीतको महाविद्यालयमा पढेको जस्तै लाग्ने बताए। 

साथै यो उमेरसम्म सांगीतिक काममा सक्रिय ठटालको सिर्जनशीलताले सदैव प्रेरणा दिने अनुभव सुनाए। 

कार्यक्रममा गायिका विमला सेन्चुरी प्रधानले ‘तिर्सना छल्किन्छ र मलाई चोट फेरि ’ बोलको गीत गाएकी थिइन्। यस्तै आँखा आँखामा वैंसको मात बोलको गीतमा अन्जली प्रधानले सुमधुर स्वर भरिन्। गायिकाद्धयले गीत गाउँदै गर्दा ठटालका हात हार्मोनियममा चलायमान थिए। करिव दुई घण्टासम्म चलेको यो कार्यक्रममा दर्शकहरुले ठटालको गीती यात्रा, व्यक्तित्व र प्रत्यक्ष कुराकानी गर्ने मौका समेत पाए। 

सिक्किम सरकारको कल्चरल डिपार्टको हेड भएर दशकौं जिम्मेवारी पूरा गरेकी ठटाल नेपाली संगीतको पहिलो महिला संगीतकार पनि हुन्। उनले चलचित्र परालको आगोको एक गीतमा संगीत गरेकी थिइन्। पलेटीमा उनले शुक्रबार, शनिबार र आइतबार गरी तीन दिनसम्म निरन्तर आफ्नो सांगीतिक प्रस्तुति दिएकी थिइन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.