ट्रक र मोटरसाइकल ठोक्‍किँदा एकको मृत्यु, एक घाइते

ट्रक र मोटरसाइकल ठोक्‍किँदा एकको मृत्यु, एक घाइते

शिखर चिमैरीया 

काभ्रे : वीपी राजमार्गअन्तर्गत काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका-६ चरङ्गेफेदीमा मंगलबार बिहान मोटरसाइकल र ट्रक ठोक्‍किँदा मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने एकजना घाइते भएको जिल्ला प्रहरी काभ्रेले जनाएको छ।

रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ५२३७ नम्बरको ट्रक र काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा ९५ प ७६८६ नम्बरको मोटरसाइकल ठोक्‍किँदा मोटरसाइकलमा पछाडी बसेका सुनसरी घर भई हाल गढी गाउँपालिका-२ जोगनियझोरा बस्ने अन्दाजी १८ वर्षका अमिन साथीरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी दिपक गिरीले बताए।

सोही ठाउँ बस्ने मोटरसाइकल चालक नजिर साथीरको नमोबुद्ध नगरपालिका नौविसेस्थित मेनिथनकोट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ट्रक र चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले डिएस्पी गिरीले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.