प्रदेश-२ का मुख्यमन्त्री राउतको आक्रोश : आयुक्त नै बैमान र फटाहा !

प्रदेश-२ का मुख्यमन्त्री राउतको आक्रोश : आयुक्त नै बैमान र फटाहा !

जनकपुरधाम : कर्मचारी भर्नाको विषयलाई लिएर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लोकसेवा आयोगका आयुक्त विरुद्ध आक्रोशित भएका छन् ।

मुख्यमन्त्री राउत आयुक्तलाई ‘बैमान र फटहा’ भन्दै व्यक्तिगत आलोचनामै उत्रिए । जनकपुरमा प्रदेशस्तरीय दलित भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

समावेशी सिद्धान्तलाई मिचेर लोकसेवा आयोगको प्रदेश र स्थानीय तहका कर्मचारीको भर्नाको सार्वजनिक सूचना अह्वान गरेको भन्दै मुख्यमन्त्री राउतले कडा आपत्ति जनाएका थिए ।

‘मैले खुल्ला रुपमा लोकसेवा आयोगको विरोध गरेको छु । प्रदेश र प्रदेशभित्रका स्थानीय तहमा कर्मचारी पठाउने अधिकार हाम्रो हो,’ उनले भने, ‘संघीय सरकार जहाँ बसेको छ त्यहाँ बैमान, फटहा लोकसेवाको आयुक्त बनेर बसेका छन् । सिर्फ पैसा कमाउन र एउटै जातीको समुदायलाई भर्ना गर्न खोजेको छ ।’

संविधानको धारा २२७ ले प्रदेश र स्थानीय तहमा कर्मचारी भर्ना गर्ने अधिकार प्रदेश सरकारको तर आयोगले समावेसितालाई मिच्न खोजेको भन्दै आपत्ति जनाए । मुख्यमन्त्री राउतले यसको लागि लड्ने, कानुनी उपचार खोज्ने र जरुरी परे सडकमा प्रदर्शन गर्ने पनि चेतावनी दिए । साथै काठमाडौं पुगेरै आन्दोलन गर्ने पनि उनको चेतावनी थियो ।

लोकसेवा आयोगप्रति व्यंग्य गर्दै उसले समावेसिता मिचेर टेलर मात्रै देखाएको तर सरकारले पूरा फिल्म देखाउने भन्दै कडा चेतावनी दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.