सामुदायिक वन उपभोक्ता महासंघलाई प्रकृति संरक्षण पुरस्कार
![सामुदायिक वन उपभोक्ता महासंघलाई प्रकृति संरक्षण पुरस्कार](https://annapurnapost.prixacdn.net/media/albums/prakriti-puraskar_20190604121318_DnzU8ib7s4.jpg)
काठमाडौं : सामुदायिक वन उपभोक्ताहरु वन तथा वातावरण संरक्षण र व्यवस्थापन गरी नेपाललाई विश्वमै चिनाउन सफल भएकोमा विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानबाट पाउने प्रकृति संरक्षण पुरस्कारबाट सम्मानित भएका छन् ।
विज्ञान प्रविधि तथा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक वन उपभोक्ताहरुको प्रतिनिधिमुलक संस्था सामुदायिक वन उपभोक्ता महासंघलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।
मंगलबार विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा मन्त्री पोखरेलले उक्त पुरस्कार प्रदान गर्दै वन संरक्षणमा सामुदायिक वन उपभोक्ताहरुको योगदान र संघर्ष स्मरण गरेका थिए ।
वन व्यवस्थापनमार्फत जैविक विविधता संरक्षण, जलवायु परिवर्तनबाट पर्न गएको असरलाई न्युनिकरण गर्न सामुदायिक वन उपभोक्ताहरुको योगदान ऐतिहासिक रहको पनि कार्यक्रममा बताइएको थियो ।
कार्यक्रममा पुरस्कार ग्रहण गर्दै सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले पुरस्कारले उपभोक्ताहरुको हौसला बढेको भन्दै यसप्रति आभार व्यक्त गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)