एम्बुलेन्स र शव वाहन वितरण
![एम्बुलेन्स र शव वाहन वितरण](https://annapurnapost.prixacdn.net/media/albums/ambulance-bitaran_dolakha-1_20190604153041_Xb4DXWPqmh.jpg)
दोलखाः संघीय सांसद जिपछिरिङ लामा शेर्पाले बुबा–आमाको स्मृतिमा दोलखाका स्थानीय तहलाई चार एम्बुलेन्स र दुई शव वाहन वितरण गरेका छन्।
सांसद लामाले बुबा–आमाको नाममा स्थापना गरेको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानमार्फत मंगलबार स्थानीय तहका नागरिकको स्वास्थ्यमा सहज पहुँच पुगोस भनेर एम्बुलेन्स र शव वाहन वितरण गरेका हुन्।
जिरी नगरपालिकालाई एकथान एम्बुलेन्स र एकथान शव वाहन, भीमेश्वर नगरपालिकालाई एकथान शव वाहन वितरण गरेका छन्। यस्तै वैत्यश्वर, गौरीशंकर र शैलुङ गाउँपालिकालाई एक÷एक थान एम्बुलेन्स वितरण गरेका छन्।
यसअघि लामाको जन्मस्थानसमेत रहेको जिरी नगरपालिका–१ श्यामालाई पनि एकथान एम्बुलेन्स वितरण गरेका थिए।
गौरीशंकर गाउँपालिका–८ खारे, मेलुङ गाउँपालिका, तामाकेशी गाउँपालिका, विगु गाउँपालिका, कालिञ्चोक गाउँपालिकालाई एक÷एक थान एम्बुलेन्स वितरण गरिएको सांसद लामाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)