हुलाक टिकटमा सलहेल फूल छाप्ने मन्त्रीको प्रतिवद्धता
बर्दिवास : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हुलाक टिकटमा सलहेस फूल छाप्ने प्रतिवद्धता जनाएका छन् रैथाने एकता परिषदको हुलाक टिकटमा सलहेस फूल छाप्न माग गर्दै आएको थियो ।
सिरहाको लहान छेउमा करिव ९ बिगाहा क्षेत्रफलमा रहेको ऐतिहासिक सलहेस फूलवारीमा प्रत्येक वर्ष वैशाख १ गते हारम प्रजातीको रुखमा फुल्ने फूललाई सलहेस फूल भन्ने गरिन्छ। यो फूललाई हुलाक टिकटमा छापेर राष्ट्रिय महत्वको विषय बनाउने सरकारको तयारी रहेको उनको भनाइ छ।
गौरिडाँडास्थित रेडियो नेपालको क्षेत्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव, प्रदेशसभा सदस्य, विभिन्न नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधि र स्थानीय निकायका कर्मचारीहरुको बाक्लो उपस्थित थियो।
प्रतिक्रिया दिनुहोस !
६