सुखद सुरुआतको धुनमा भारत

सुखद सुरुआतको धुनमा भारत

साउथ ह्याम्पटन : जारी विश्वकप क्रिकेटमा बुधबार दुई खेल हुँदैछ । साउथ ह्याम्पटनस्थित रोज बल रंगशालामा हुने पहिलो खेलमा पूर्वविजेता भारतले दक्षिण अफ्रिकाको सामना गर्नेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । सोही दिन साँझ ६:१५ बजे लन्डनस्थित दी ओभलमा बंगलादेशले न्युजिल्यान्डको सामना गर्नेछ ।

दुईपटकको विश्वकप विजेता भारतले जारी विश्वकपमा पहिलो खेल खेल्न लागेको हो । भारत सन् १९८३ र सन् २०११ को विश्वकप विजेता टोली हो । सन् २००३ को विश्वकपको फाइनलमा भने भारतीय टोली अस्ट्रेलियासँग पराजित भएको थियो । जारी विश्वकपमा सहभागी अधिकांश टोलीले दुई÷दुई खेल खेलिसकेपछि बल्ल भारतले पहिलो खेल खेल्न लागेको हो ।

दक्षिण अफ्रिका भने हालसम्म विश्वकपको फाइनलसम्म पनि पुग्न सकेको छैन । यो विश्कपमा पनि दक्षिण अफ्रिकाले सन्तोषजनक प्रदर्शन गर्न सकिरहेको छैन । जारी विश्वकपमा दक्षिण अफ्रिकाको यो तेस्रो खेल हो । यसअघिका दुवै खेलमा दक्षिण अफ्रिका पराजित भएको थियो । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इङ्ल्यान्डसँग एक सय चार रनले पराजित भएको दक्षिण अफ्रिका दोस्रो खेलमा बंगलादेशसँग पनि २१ रनले हारेको थियो ।

यसअघि भारत र दक्षिण अफ्रिकाबीच विश्वकपमा भएको भिडन्तमा भने दक्षिण अफ्रिका बलियो देखिएको छ । यसअघि विभिन्न विश्वकपमा यी दुई टोली चारपटक आपसमा भिडेका छन् । चारमध्ये तीन खेलमा दक्षिण अफ्रिका र एक खेलमा भारत विजयी भएका छन् । सन् १९९२ मा भएको विश्वकपमा दक्षिण अफ्रिकाले भारतलाई ६ विकेटले हराएको थियो ।

यसैगरी दक्षिण अफ्रिकाले भारतलाई सन् १९९९ को विश्वकपमा चार विकेट र सन् २०११ को विश्वकपमा तीन विकेटले पराजित गरेको थियो । सन् २०१५ को विश्वकपमा भने भारतले दक्षिण अफ्रिकालाई १३० रनले हराएको थियो । दक्षिण अफ्रिकाविरुद्ध भारतको उच्च स्कोर तीन सय सात रन र सबैभन्दा कम स्कोर १८० रन हो । यसैगरी भारतविरुद्ध दक्षिण अफ्रिकाको उच्च स्कोर ३०० र सबैभन्दा कम स्कोर १७७ रन हो ।

जारी विश्वकपमा भारतीय टोली विराट कोहली र दक्षिण अफ्रिकी टोली फाफ डु प्लेसिसको कप्तानमा छ । सन् २०११ मा भारतले विश्वकप जित्दा कप्तान रहेका महेन्द्रसिंह धोनी अहिले पनि टोलीका प्रभावशाली खेलाडी हुन् । बुधबार हुने खेल दक्षिण अफ्रिका र भारत दुवैका लागि महत्वपूर्ण छ । एकातिर, अघिल्ला दुवै खेलमा पराजित भएको दक्षिण अफ्रिका पहिलो खेल जित्दै आफूलाई सेमिफाइनलको दौडमा कायम राख्न चाहन्छ भने अर्कोतिर भारत पनि जितबाटै विश्वकप यात्रा सुरु गर्ने धुनमा छ।

यसैगरी जारी विश्वकपमा बंगलादेश र न्युजिल्यान्डले यसअघि एक÷एक खेल खेलिसकेका छन् । यी दुवै टोलीले आफ्नो पहिलो खेलमा जित हात पारेका थिए । आफ्नो पहिलो खेलमा न्युजिल्यान्डले पूर्वविजेता श्रीलंकालाई १० विकेटले हराएको थियो । बंगलादेशले भने आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकामाथि २१ रनको रोमाञ्चक जित हासिल गरेको थियो । यी दुवै टोलीले हालसम्म विश्वकपको उपाधि जित्न सकेका छैनन् ।

न्युजिल्यान्ड र बंगलादेशबीच हालसम्म २९ वटा एकदिवसीय खेल भएका छन् । २१ खेलमा न्युजिल्यान्ड र आठ खेलमा बंगलादेश विजयी भएका छन् । पछिल्ला १३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भने न्युजिल्यान्ड विजयी भएको छ । न्युजिल्यान्डविरुद्ध बंगलादेशले बनाएको उच्च स्कोर तीन सय नौ रन र सबैभन्दा कम स्कोर ७७ रन हो । बंगलादेशविरुद्ध न्युजिल्यान्डले बनाएको उच्च स्कोर तीन सय ४१ रन र सबैभन्दा कम स्कोर एक सय ७१ रन हो ।

विश्वकपमा दुई टोली

कुल : ४ खेल

दक्षिण अफ्रिका विजयी : ३ खेल

भारत विजयी : १ खेल

एकदिवसीयमा दुई टोली

कुल : ८३ खेल

दक्षिण अफ्रिका विजयी : ४६ खेल

भारत विजयी : ३४ खेल

अनिर्णित : ३ खेल

आजको खेल

भारतविरुद्ध दक्षिण अफ्रिका

रोज बल (दिउँसो ३:१५ बजे)

 बंगलादेशविरुद्ध न्युजिल्यान्ड

दी ओभल (साँझ ६:१५ बजे)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.