‘नेपाल गाथा’ मा संवृद्ध नेपाल

‘नेपाल गाथा’ मा संवृद्ध नेपाल

काठमाडौं  : सरकार संवृद्धिको नारा घन्काइ रहेछ । यो नारा जमलस्थित राष्ट्रिय नाचघरमा पनि घन्कियो । मञ्चन भएको गीति नाटक ‘नेपाल गाथा’ मा नेपालको इतिहासका महŒवपूर्ण क्षण समेटिएको थियो । करिब दुई घन्टा लामो नाटको बीचतिर जब बामनेता मदन भण्डारी आएर भने, ‘मेरो सपना संवृद्ध नेपाल हो ।’ तब दर्शकदीर्घामा गहिरो सन्नाटा छायो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित थिइन् । पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको परिकल्पना तथा लेखन रहेको उक्त गीति नाटकमा राष्ट्रवन्दना, बुद्ध सन्देश, नेपालको एकीकरण, नालापानीको युद्ध, योगमाया विद्रोह, गंगालालको सहादत, नयाँ अरुणोदय, रामप्रसाद राई र पूर्वविद्रोह, किसान आन्दोलन, भीमदत्तको विद्रोह, बीपी र जननिर्वाचित सरकारदेखि पञ्चायती कालरात्रि, सुखानी काण्ड, रत्न बान्तवाको सहादत र छिन्ताङ–पिस्कर हत्याकाण्ड समेटिएको थियो ।

नाटकले ०४६ को जनआन्दोलनपछि मदन भण्डारी व्यक्तिचित्र र दासढुंगा काण्डको कथा भनिरहँदा नाटक हेरिरहेका दर्शकको आँखामा आँसु छचल्कियो । विद्यादेवी दुई साना छोरी डो¥याउँदै मदन भण्डारीको लासमाथि भावविह्वल भएको दृश्य निकै कारुणिक बन्न पुग्यो ।

नाटकमा जनताको नौ महिने सरकार, सशस्त्र द्वन्द्व, जनक्रान्ति र गणतन्त्र स्थापनाका साथै वैशाख १२ को विनासकारी भूकम्प समेटिएको थियो । गीति नाटकको अन्त्यतिर वर्तमान सरकारले देखेको संवृद्ध नेपालको खाका प्रस्तुत गरिएको थियो । जसमा राष्ट्रिय गौरवका आयोजना, सडक निर्माण, भव्य सपिङ कम्प्लेक्स र काठमाडौं उपत्यकाका निर्माणाधीन सम्पदासमेत समेटिएको थियो ।

नाटकमा वर्तमान सरकारले देशको विकासमा ठूलाठूला फड्को मार्ने देखाइ रहँदा दर्शकको मन भने खिन्न भएको थियो । नाटकमा देखाए जस्तै सरकार विकासका लागि कटिबद्ध हुने हो भने नेपालले छोटो समयमा फोड्को मार्नेमा दुई मत छैन । तर बोली र व्यवहारका कारण आलोचित हुँदै आएको ओली सरकारप्रति जनताको वितृष्णा बढेर गएको छ । सबैभन्दा पहिले यसलाई चिर्ने सामथ्र्य सरकारले राख्नुपर्छ ।

गीती नाटकलाई २२ खण्डमा विभाजन गरिएको थियो । नाटकमा प्रसिद्ध संगीतकार एवम् प्राज्ञ अशोक लोहोरुङ राईले संगीत दिएका हुन् ।

डा. देवी नेपालको सहलेखन र वीरेन्द्र हमालको निर्देशन रहेको यो नाटकमा गोरन चौधरीको नृत्य निर्देशन रहेको छ । नाटक राष्ट्रिय नाचघरमा केही दिनका लागि मञ्चन हुने सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापाले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.