विश्व वातावरण दिवस : ६ तस्बिरमा हेर्नुहोस् सिंहदरबारमा वृक्षारोपण
![विश्व वातावरण दिवस : ६ तस्बिरमा हेर्नुहोस् सिंहदरबारमा वृक्षारोपण](https://annapurnapost.prixacdn.net/media/albums/tree-plant-singhadarbar_20190605062639_gh8Vnu21oe.jpg)
काठमाडौं : विश्व वातावरण दिवसका अवसरमा मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा वृक्षा रोपण गरिएको छ। 'एक नेपाली एक फलफूलका बिरुवा रोपण' नाराका साथ सिंहदरवारभित्र राष्ट्रिय योजना आयोगको कार्यालय परिसरमा वृक्षारोपण गरिएको हो। परिसरमा विभिन्न प्रजातिका वृक्ष रोपी दिवस मनाइएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले वृक्ष रोपेका छन्। त्यस्तै, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, खानेपानी तथा सरसफाईमन्त्री बिना मगर,उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलगायतले वृक्षा रोपेका हुन्।
कार्यक्रममा उच्च तहका सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरीलगायतको सहभागीता थियो।प्रत्येक वर्ष जुन ५मा विश्व वातावरण दिवस मनाइने गरिन्छ।आज विश्वभर विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइँदैछ।
बिरुवा रोप्दै गृहमन्त्री रामबहादुर थापा।
बिरुवा रोपे पानी हाल्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल।
बिरुवा रोपेर माटोले मिलाउँदै खानेपानी तथा सरसफाईमन्त्री बिना मगर।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)