करेन्ट लागेर ९ वर्षीया बालिकाको मृत्यु
धादिङ : निलकण्ठ नगरपालिका ५ खाल्टे देउरालीमा करेन्ट लागेर ९ वर्षीया बालिकाको मृत्यु भएको छ। स्थानीय सुस्मिता मगरको आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घरमा रहेको विद्युतको स्वीच रहेको प्लगमा माइक्रोफोनको तार घुसाउदा सुस्मितालाई हातमा करेन्ट लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले बताएको छ।
घटनापछि प्रहरी घटनास्थल प्रहरी पुगेर शवको जाँच मुचुल्का गरी शवलाइ पोष्टमार्टमका लागि सदरमुकाम ल्याइएको छ।