पशुपतिको बी १३ खाली गराउन सिफारिस
![पशुपतिको बी १३ खाली गराउन सिफारिस](https://annapurnapost.prixacdn.net/media/albums/pashupati-area-dipen-shrestha_20190127004939_4c9mbeoDlx.jpg)
काठमाडौं : श्रीपशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन तथा छानविन समितिले पशुपति क्षेत्र विकास कोषलाई पाशुपत क्षेत्रमा रहेको बी१३ क्षेत्र खाली गर्न सिफारिस गरेको छ। बी१३ क्षेत्रमा अधिग्रहण प्रभावितलाई मुआब्जा समेत वितरण भइसकेको समितिले जनाएको छ।
समितिका संयोजक डा. मिलनकुमार थापाले बुधबार ६२४ पृष्ठको प्रतिवेदन सार्वजनिक गर्दै उक्त सिफारिस गरेका हुन्। कोषको गुरुयोजना कार्यान्वयनका लागि नेपाल सरकारबाटै बी१३ अधिग्रहण भएको थियो।
प्रतिवेदनमा भनिएको छ, ‘बी१३ क्षेत्रमा अधिग्रहण प्रभावितलाई मुआब्जा वितरण भइसकेकाले मुआब्जा पाउने व्यक्तिले हालसम्म घर खाली नगरेको अवस्था देखिएकाले तत्काल सो क्षेत्र खाली गराउन समिति सिफारिस गर्दछ।’
यसैगरी काठमाडौंस्थित गोठाटारमा रहेको कोषको ५३४ रोपनी जग्गालाई व्यवस्थित गर्न आवश्यक पूर्वाधार तयार पारी बी१३ क्षेत्रका अधिग्रहण प्रभावित घरजग्गावालालाई स्थानान्तरण गर्न पनि सुझाएको छ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा कोषका सदस्यसचिव डा. प्रदीप ढकालले कोषले पशुपतिनाथका नाममा रहेका सबै जग्गाको खोजी गरी व्यवस्थित गर्ने बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)