बलिउडमा मुस्लिम कलाकारको प्रभुत्व : सलमान खानदेखि आलियासम्म

बलिउडमा मुस्लिम कलाकारको प्रभुत्व : सलमान खानदेखि आलियासम्म

नयाँदिल्ली : संसारभरका मुस्लिम समुदाय अहिले आफ्नो प्रसिद्ध चाड इद मनाउने मूडमा छन् । भारतमा दोस्रो ठूलो संख्या ओगट्ने मुस्लिम समुदायले यहाँको राजनीति, फिल्म र संगीत क्षेत्रमा राम्रो प्रभाव पार्छ ।

बलिउडमा त सबैभन्दा धेरै व्यस्त कलाकार मुस्लिम समुदायकै छन् । यतिसम्म कि, उत्कृष्ट १० मा अधिकांश मुस्लिम समुदायकै कलाकार छन् । त्यसो त, इद पर्व बलिउडकर्मीले पनि मनाउँदैआएका छन् । पढौँ मुस्लिम समुदायबाट बलिउडमा छिरेका केही प्रभावशाली कलाकारहरुको कथा :

सलमान खान : सलमान वलिउडमा स्थापित लेखक सलीम खानका छोरा हुन् । ‘बलिउडस्टार’कै छवि बनाएका सलमान पछिल्लो समय प्रोड्युसर तथा टेलिभिजन पर्शनालिटीको रुपमा पनि चिनिन्छन् । साथी र दर्शकहरु उनलाई प्रेमले ‘सल्लु भाइ’, ‘भाइजान’ पनि भनेर बोलाउँछन् । बलिउडमा अग्रभागमा रहेका सलमानले मुद्दा त खेप्दैआएका छन् । यससँगै अधिकांश सूटिङको क्रममा आफ्नै शुभचिन्तक तथा दर्शकबाट पनि थुप्रै समस्या झेल्नु परेको हुन्छ ।

शाहरुख खान : शाहरुख पनि अभिनयसँगै फिल्म निर्माणमै छन् । ‘किङ्ग अफ बलिउड’ नै भनिन्छ उनलाई । साथै टेलिभिजनकर्मी उनलाई ‘किङ खान’ भनेर पनि सम्बोधन गर्छन् । विविध विधाका फिल्ममा आफूलाई प्रस्तुत गर्ने उनलाई अमेरिकी टाइम म्यागजिनले विश्वकै महान मुभी स्टारको रुपमा समेत चिनाइसकेको छ । उनी संसारमै सर्वाधिक धनी अभिनेतामध्ये पर्छन् । १४ भन्दा धेरै फिल्म फेयरमा उनका फिल्म पुरस्कृत भएका छन् ।

आमिर खान : आमिरलाई बलिउडमा ‘भर्सटायल’ अभिनेताको रुपमा पनि चिनिन्छ । ‘करण–अर्जुन’ देखि ‘तारे जमिनपर’ जस्ता फिल्ममा उनले आफूलाई पुस्टि गरिसकेका छन् । पछिल्लो समय हरेक वर्ष नयाँ एउटै तर प्रभावशाली फिल्म बनाउँछन् उनी । ‘गजनी’, ‘थ्रि इडियट’, ‘तारे जमिन पर’ जस्ता फिल्मबाट त उनले संसारमै लोकप्रियता कमाए । फिल्मसँगै चेतना समेत सम्प्रेषण गर्ने आमिरको फिल्म मेकिङ पृथक मानिन्छ ।

नसिरुद्धिन साह : नसिरुद्धिन बलिउडका अभिनेता र निर्देशक मात्रै हैनन् । उनी एक प्राज्ञिक व्यक्तिको रुपमै चिनिन्छन् । यतिसम्म कि, उनको फिल्म कक्षामा भर्ना हुन नयाँ पुस्ताका थुप्रै फिल्मकर्मी तँछाडमछाड गर्छन् । नसिरुद्धिनको फिल्मी कक्षा लिने विदेशी समेत अन्य मुलुकमा गएर स्थापित भइसकेका छन् । उनको अभिनयमा जीवन्तता त छ नै, सँगै उनी फिल्मलाई एक अध्ययनको विधाको रुपमा पढाउने गर्छन् । जसले गर्दा फिल्मलाई बुझ्न सजिलो हुन्छ ।

इरफान खान : इरफान अभिनयमा विशेष व्यक्तित्व बनाएका कलाकार हुन् । अभिनयबाट संसारमै गन्नलायक कलाकारमा पर्छन् उनी । नाटकको क्षेत्रबाट संघर्ष गर्दै बलिउडमा स्थापित भएका उनी सरल देखिन्छन् । तर आफ्नो अभिनय कौशलमा अब्बल मानिन्छन् ।

मधुवाला : मधुवालाको वास्तविक नाम मुम्ताज बेगम हो । उनले बलिउडमा स्थापित हुनकै लागि आफ्नो नाम परिवर्तन गरेकी थिइन् । फिल्म निलकमल बाट यो उद्योगमा प्रवेश गरेकी उनी पुरानो पुस्ताको अभिनेत्री हुन् ।

सैफ अली खान : सैफको परिवारले भारतमा लामो इतिहास बोकेको राजसंस्थाको प्रतिनिधित्व गर्छ । उनलाई अझै पनि नवाब भनिन्छ । धनाढ्य र ‘एलिट’ परिवारका उनी अभिनयमा प्रभावशाली नभए पनि लामो समयदेखि स्थापित अभिनेता हुन् ।

नवाजुद्धिन सिद्धिकी : नवाजुद्धिन पछिल्लो दशकका बलिउडमा प्रभावशाली अभिनेता हुन् । नाटकबाटै संघर्ष गरेर फिल्ममा स्थापित भएका नवाजको अभिनयमा अलग धार छ । ‘किक’, ‘ग्याङ्स अफ वासेपुर’, ‘माझी द माउन्टेन म्यान’ जस्ता फिल्मसँगै नवाजको अभिनयका प्रसंशक संसारभर भए ।

जोय अख्तर : प्रसिद्ध लेखक तथा राजनीतिक अभियन्ता जावेद अख्तरकी छोरी हुन् जोय अख्तर । हालै बलिउडमा राम्रो चर्चा पाएको फिल्म ‘गल्ली बोय’ निर्माण गर्ने पनि उनै हुन् । निर्देशक तथा स्कृप्ट राइटरको रुपमा राम्रो छवि बनाएकी जोय आफैँ त कुनै धर्म पछ्याउँदिनन् । तर उनी मुस्लिम परिवार र समुदायबाट आएकी हुन् । अमेरिकाको ‘न्युयोर्क फिल्म स्कुल’बाट फिल्म अध्ययन गरेकी उनी फिल्ममार्फत अल्पसंख्यक, दलनमा परेका समुदायका संघर्ष देखाउने गर्छिन् । फिल्मसँगै उनी महिला, विपन्न लगायत वर्गका अधिकारको पैरवी पनि गर्छिन् ।


आलिया भाट : चल्तीका अभिनेत्रीमध्ये सबैभन्दा कान्छो उमेरकी अभिनेत्रीको रुपमा चिनिन्छिन् आलिया । यतिसम्म कि, आमा नै बलिउडबाट विदा नभइसक्दा आलिया फिल्म उद्योगमा स्थापित भइन् । बलिउडमा स्थापित महेश भाट र सोनीकी छोरी आलिया पछिल्लो समय वलिउडमा निकै मन पराइएकी अभिनेत्री हुन् । पछिल्लो समय ‘गल्ली बोय’बाट उनले आफ्नो अभिनय क्षमता थप पुष्टि गरेको पनि टिप्पणी हुने गरेको छ ।

तबु : तबुको पनि वास्तविक नाम अर्कै छ । तबसुम फतिमा हस्मी उनको खास नाम हो । अभिनयमा उनको विशेष कौशल रहेको टिप्पणी हुन्छ । ‘बोल्ड एन्ड ब्युटी’ अभिनेत्रीको रुपमा चिनिन्छिन् उनी । उनी पनि पुरानो पुस्ताकै अभिनेत्री हुन् ।

(एजेन्सीकाे सहयाेगमा)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.