इनफान्टिनो फेरि फिफाको अध्यक्ष : ढाका टोपी लगाएर मख्ख

इनफान्टिनो फेरि फिफाको अध्यक्ष : ढाका टोपी लगाएर मख्ख

एजेन्सी

पेरिस : जियानी इनफान्टिनो विश्व फुटबल महासंघ (फिफा) को अध्यक्षमा पुनः निर्वाचित भएका छन्। 

फ्रान्सको पेरिसमा बिहीबार भएको फिफाको ६९औं फिफा कंग्रेसले इनफान्टिनोलाई चारवर्षे कार्यकालको लागि निर्विरोध निर्वाचित गरेको हो। स्विस नागरिक ४९ वर्षीय इनफान्टिनो सन् २०२३ सम्म विश्व फुटबलको सर्वोच्च निकायको अध्यक्षमा रहनेछन्। 

कंग्रेसमा विश्वका दुई सय ११ देशका प्रतिनिधिको सहभागिता रहेको थियो। फिफा अध्यक्षमा निर्वाचित भए पनि इनफान्टिनोले आफ्नो अघिल्लो कार्यकालमा फुटबललाई आपराधिक गतिविधिको जञ्जालबाट मुक्तगरी फुटबल खेलको वास्तविक मूल्य र मान्यता दिलाउन सफल भएको बताए। 

‘फिफाको संक्रमणकाल अहिले सकिएको छ। आगामी दिनमा विश्व फुटबलले नयाँ गति लिनेछ। फिफामा विगतमा जस्तो भ्रष्टाचारका प्रकरण पछिल्ला वर्षमा कतै पनि भएको र सुनिएको छैन। अबको कार्यकालमा फुटबलले सकारात्मक र दिशातर्फ अगाडि बढ्नेछ,’ इन्फान्टिनोले भने। 

उनले आफ्नो कार्यकालमा भएका विभिन्न नयाँ कार्यक्रमको पनि चर्चा गरे। इनफान्टिनोले फुटबलको आर्थिक र सामाजिक पाटो, महिला फुटबलको विकास, रंगभेदविरुद्धको अभियान, भिडियो एसिस्टेन्ट रेफ्री, क्लब विश्वकपमा २४ टोलीको सहभागिता सुनिश्चित गरेको जस्ता सकारात्मक कामको चर्चा गरेका थिए। 

उक्त कंग्रेसमा नेपालबाट अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पासहित उपाध्यक्षद्वय पंकजविक्रम नेम्बाङ, वीरबहादुर खड्का र सदस्य पेमा शेर्पा सहभागी छन्। उनीहरुले दोस्रो कार्यकालका लागि निर्वाचित इनफान्टिनोलाई ढाका टोपी लगाइदिएर बधाई दिए। एन्फा अध्यक्ष कर्माछिरिङले इनफान्टिनोलाई ढाका टोपी लगाएर बधाई दिएका हुन्।  इनफान्टिनोलाई ढाका टोपी लगाई दिएपछि उनीहरुले सामूहिक तस्बिर लिएका थिए। 

जियानी इनफान्टिनोलाई ढाका टोपी लगाई दिएपछि तस्बिर खिँचाउँदै नेपाली प्रतिनिधिमण्डल। तस्बिर : वीरबहादुर खड्काको फेसबुकबाट 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.