तिलगंगा आँखा अस्पतालसँगको सम्झौता परिमार्जन गर्न सिफारिस

तिलगंगा आँखा अस्पतालसँगको सम्झौता परिमार्जन गर्न सिफारिस

काठमाडौं : पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रमा रहेको तिलगंगा आँखा अस्पतालसँग ४९ वर्षका लागि गरेको सम्झौता परिमार्जन गर्न सिफारिस गरेको छ।

२०७२ भदौ ३ गते कोषका तत्कालीन कोषाध्यक्ष तारानाथ सुवेदीले अस्पतालका प्राध्यापक डा. सन्दुक रुइतबीच चक्रपथ जोडिएको पाँच रोपनी जग्गा प्रतिरोपनी वार्षिक ४० हजार रुपैयाँ तिर्ने गरी सम्झौता भएको थियो।

समितिका संयोजक डा. मिलनकुमार थापाले बुधबार कोषका सदस्यसचिव डा. प्रदिप ढकाललाई ६२४ पृष्ठको प्रतिवेदन बुझाउँदै यस्तो सिफारिस गरेका हुन्। समिति संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले बनाएको हो।

सम्झौता पत्रको दफा ९ मा सम्झौताको अवधि ४९ वर्षको हुने जनाइएको छ। संयोजक थापाले भने, ‘सो विषयमा कोष सञ्चालक परिषद्‍बाट निर्णय भएको नदेखिएकाले समयानुकूल परिमार्जन गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्मा पेश गर्न सिफारिस गर्दछौं।’

सदस्यसचिव ढकालले पाशुपत क्षेत्रमा रहेका पशुपतिनाथका नामका जग्गा खोजी र जग्गावापत लिने भाडा आदिमा पुनरावलोकन गर्ने काम अघि बढाइने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.