पाकिस्तानमा मुस्लिम कट्टरपन्थी सइदलाई पूर्वनिर्धारित ठाउँमा ईद प्रार्थना गर्न दिइएन

पाकिस्तानमा मुस्लिम कट्टरपन्थी सइदलाई पूर्वनिर्धारित ठाउँमा ईद प्रार्थना गर्न दिइएन

लाहोर : मुस्लिम कट्टरपन्थी समूह लस्कर ए तैबाका नेता हफिज सइदलाई ईदको अवसरमा उनले चाहेकै स्थानमा प्रार्थना गर्न पाकिस्तान सरकारले नदिएको यहाँका अधिकारीरले बताएका छन् ।

तिरंगा न्युज अनलाईका अनुसार हरेक वर्ष निर्धक्क कद्धाफी स्टेडियममा प्रार्थना गर्दैआएका सइदलाई यस वर्ष भने सरकारले उक्त क्षेत्रमा प्रतिवन्द्ध लगाइदिएको हो । यसरी सइदलाई चाहेको स्थानमा सरकारले प्रार्थना गर्न नदिएको यो पहिलो पटक हो ।

जुन ५ मा ईदको अवसरमा उनी आफ्नो प्रार्थनाको तयारी गरिरहँदा सरकारले अचानक बन्देज लगाइदिएको हो । आतंकवादी समूहको रुपमा चिनिएको समूह लस्कर ए तैबा भारतको मुम्बइ हमलाको दोषीको रुपमा चिनिन्छ । सइदले भने सरकारले कार्यक्रम गर्न नदिए पनि त्यसको विकल्प रहेको प्रतिक्रिया दिएका छन् ।

साथै उनी सरकारको आदेशविपरित गएको खण्डमा सरकारले उनलाई पक्राउ गर्नसक्ने पनि अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । तर हरेक शुक्रबारको प्रार्थना कार्यक्रममा सइदलाई यसअघि कसैले रोक्न सकेको थिएन । यसपटकको ईदमा सरकारले गरेको निर्णयले सइदका अन्य निर्णय पनि प्रभावित हुनसक्ने बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.