दक्षिण अफ्रिकामाथि भारतको रवाफ

दक्षिण अफ्रिकामाथि भारतको रवाफ

एजेन्सी-लन्डन

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत बुधबार राति भएको खेलमा भारत विजयी भएको छ। ह्याम्पसायरको रोज बल क्रिकेट मैदानमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको दुई सय २८ रनको लक्ष्य पछ्याएको भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले हरायो। भारतले ४७.३ ओभरमा चार विकेट गुमाएर दुई सय ३० रन बनायो। भारतका लागि प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले शतकीय पाली खेले।

सुरुका ओभरमा दुई पटक जीवनदान पाएका उनले एक सय ४४ बलमा दुई छक्का र १३ चौकाको मद्दतमा एक सय २२ रन बनाए। यसैगरी महेन्द्रसिंह धोनीले ३४, केएल राहुलले २६, कप्तान विराट कोहलीले १८, हार्दिक पाण्ड्याले १५ र शिखर धवनले आठ रन बनाए। दक्षिण अफ्रिकाका कागिसो रबाडाले दुई विकेट लिए। यस्तै एन्ड्ली फेलुक्वायो र क्रिस मोरिसले एक÷एक विकेट आफ्नो नाममा लेखाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले खराव सुरुवात गरेको थियो। दक्षिण अफ्रिकाले पूरै ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा दुई सय २७ रन बनायो। दक्षिण अफ्रिकाले प्रारम्भिक दुवै ब्याट्सम्यानलाई २४ रनभित्रै गुमाएको थियो। क्विन्टन डी कक १० र हासिम अमला ६ रनमा पेभेलियन फर्किएका थिए। दुवै खेलाडीलाई भारतीय बलर जसप्रीत बुमराहले आउट गरे। दक्षिण अफ्रिकाको अग्रपंक्ति र मध्यपंक्ति धराशयी हुँदा पुछारका खेलाडीले केही आशा देखाएका थिए। पुछारका खेलाडी क्रिस मोरिसले ४२ र कागिसो रबाडाले अविजित ३१ रन बनाउँदै दक्षिण अफ्रिकाको स्कोर बढाउने प्रयास गरेका थिए। दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले ३८, एन्ड्ली फेलुक्वायोले ३४, डेभिड मिल्लरले ३१ र रासी भान डल डुसेनले २२ रन बनाए।

भारतका युजभेन्द्र चाहलले चार विकेट लिए। १० ओभर बलिङ गरेका उनले ५१ रन खर्चिए। यसैगरी भुवनेश्वर कुमार र जसप्रीत बुमराहले दुई÷दुई विकेट लिँदा कुलदीप यादवले एक विकेट हात पारे।

यस विश्वकपमा दक्षिण अफ्रिकाको तेस्रो हार हो। विश्वकपको उद्घाटन खेलमा आयोजक इङ्ल्यान्डसँग एक सय चार रनले पराजित भएको दक्षिण अफ्रिका दोस्रो खेलमा बंगलादेशसँग पनि २१ रनले स्तब्ध बनेको थियो। लगातारको हारसँगै दक्षिण अफ्रिकाका लागि सेमिफाइनल यात्रा कठीन बनेको छ। भारतले भने पहिलो खेलमै प्रभावशाली जित हात पारेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.