स्थानीय तहको बजेट : अछामलाई २ अर्ब ७६ करोड ४३ लाख, कुन तहलाई कति?
अछाम : आगामी आर्थिक वर्ष ०७६/७७ का लागि अछामका दशवटा स्थानीय तहका लागि केन्द्र सरकारले २ अर्ब ७६ करोड ४३ लाख बजेट विनियोजित गरेको छ। वित्तीय समानिकरणमा ९४ करोड ८१ लाख र सशर्त अनुदानमा १ अर्ब ८१ करोड ६२ लाख बजेट विनियोजित भएको छ । अछामका १० वटा स्थानीय तहमध्ये सबैभन्दा बढी साँफेबगर नगरपालिका बजेट आएको छ। साँफेबगर नगरपालिकाले वित्तीय समानिकरणमा ११ करोड ५५लाख र सशर्त अनुदानमा ३१ करोड ३५ लाख गरी ४२ करोड ९० लाख बजेट प्राप्त गरेको छ।
चालु आर्थिक वर्षको भन्दा साढे ५ करोड बढी बजेट प्राप्त गरेको छ। सुदुरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्लामध्ये सबै बन्दा बढी बजेट पाउने साँफेबगर नगरपालिका बनेको छ। सुदुरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये बढी बजेट पाउनेमा साँफेबगर नगरपालिका ५ औं नम्बरमा रहेको छ।
बान्नीगढी जयगढ गाउँपालिकामा १९ करोड ६७ लाख बजे आएको छ।यस्तै ढकारी गाउँपालिकालाई १९ करोड ८७ लाख बजेट बिनियोजित गरिएको छ। ८ वडा रहेको ढकारी गाउँपालिकामा ६ वटा वडा रहेको बान्नीगढी जयगढ गाउँपालिका भन्दा २० लाख मात्र बढी बजेट आएको हो।
यस्तै, गाउँपालिकामा सबैभन्दा बढी बजेट पाएको तुर्माखाद गाउँपालिकाले कमलबजार ,पन्चदेवल विनायक नगरपालिकालाई उछिनेको छ। तुर्माखाद गाउँपालिकाले २९ करोड ४० लाख बजेट प्राप्त गर्दा कमलबजार नगरपालिकाले २७ करोड ४९ लाख र पन्चदेवल विनायक नगरपालिकाले २८ करोड ९६ लाख बजेट मात्र प्राप्त गर्न सकेको छ।
कमलबजार नगरपालिकालाई रामारोशन गाउँपालिकाले पनि बजेटमा उछिनेको छ। कमलबजार नगरपालिकाले २७ करोड ४९ लाख बजेट प्राप्त गर्दा रामारोशन गाउँपालिकाले २८ करोड ८६ लाख बजेट प्राप्त गरेको छ।
यस्तै, मंगलसैन नगरपालिकामा ३२ करोड ७४ लाख बजेट प्राप्त गरेको छ। मेल्लेख गाउँपालिकामा २३ करोड ३३ लाख र चौरपाटी गाउँपालिकामा २३ करोड २१ लाख बजे बिनियोजित भएको छ।