गाडी खरिद गर्ने रकमले अस्पताल

गाडी खरिद गर्ने रकमले अस्पताल

टीकापुर : गाडी खरिदका लागि छुट्याएको बजेटबाट कैलालीको लम्कीचुहा नगरपालिकाले सामुदायिक अस्पताल बनाउने भएको छ। नगरपालिकाले १० हीरापुरमा झण्डै ३१ करोड रुपैयाँको लागतमा ५० शैयाको सामुदायिक अस्पताल निर्माण गर्ने भएको हो।

 
अस्पताल भवनका लागि नगरपालिकाको कार्यपालिका बैठकले चालु आर्थिक वर्षमा गाडी खरिदका लागि विनियोजन गरेको बजेट सामुदायिक अस्पताल निर्माणमा लगाउने निर्णय गरेको थियो। 

लम्की चुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईका अनुसार गाडी खरिदका लागि विनियोजन गरिएको ७५ लाख र समपुरक बजेटमार्फतको १५ लाख गरी ९० लाख रुपैयाँ अस्पताल निर्माणमा नगरपालिकाले छुट्याएको छ।

भवन निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले १ करोड १३ लाख र संघीय सांसद झपटबहादुर रावलको पूर्वाधार विकास कार्यक्रममार्फत १ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ। 

झण्डै ७ करोड ६८ लाख ७४ हजार रुपैयाँको लागतमा निर्माण हुने अस्पताल भवन निर्माणका लागि नगरपालिका र प्राकृतिक सनिदेव जेभी निर्माण कम्पनीबीच जेठ १३ गते सम्झौता भएको थियो। 

अस्पतालको भवन एक वर्षभित्र निर्माण सम्पन्न गरिने नगरपालिकाले जनाएको छ। अस्पताल भवन निर्माणका लागि अपुग हुने रकम आगामी आर्थिक वर्षमा विनियोजन गरिने नगरप्रमुख बजगाईंले बताए। 

उनले बहुवर्षे योजना भएकाले क्रमिक रुपमा बजेट थप गरिँदै लैजाने बताए। अस्पताल निर्माणका लागि राष्ट्रिय नवजागृत माध्यमिक विद्यालयले दुई विघा जमिन निःशुल्क उपलब्ध गराएको हो। 

भवनसँगैको साढे तीन विघा ऐलानी जमिनसमेत अस्पतालले भोगचलन गर्ने गरी स्थानीयले सहमति जुटाएका छन्। अस्पताल भवनको कैलाली क्षेत्र नम्बर २ का संघीय सांसद झपटबहादुर रावलले बिहीबार  शिलान्यास गरेका छन्।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.