तरुण दलका नेता 'राधे' ज्यान मार्ने मुद्दामा पक्राउ, तरुण दल उत्रियो विरोधमा

तरुण दलका नेता 'राधे' ज्यान मार्ने मुद्दामा पक्राउ, तरुण दल उत्रियो विरोधमा

धादिङ : तरुण दल धादिङका उपाध्यक्ष राधाकृष्ण भण्डारी (राधे) पक्राउको विरोध गर्दै तरुण दल धादिङले प्रदर्शन नै गरेको छ ।

तरुण दल जिल्ला समितिले आफ्ना उपाध्यक्षलाई २४ घण्टाभित्र रिहा गर्न मागसहित चेतावनी दिएको छ । तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्माको हस्ताक्षरसहितको विज्ञप्ती जारी गर्दै जिल्ला समितिले जिल्ला प्रहरी कार्यलयको गेटमै प्रदर्शन गरेको छ । साथै पत्रकार सम्मेलन गरी रिहाइको माग गरेको हो ।

प्रहरीले भने बिहीबार राधेलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दामा पक्राउ गरेको हो । उनको साथबाट छुरा समेत बरामद गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी प्रमुख एसपी राजकुमार बैदवारका अनुसार गजुरी गाउँपालिका–२ ताल्ती जाने बाटोमा स्थानीयहरुसँग झगडा गरिरहेको स्थानबाट भण्डारीको समूहलाई पक्राउ गरिएको हो ।

त्यस क्षेत्रका स्थानीयहरु पिकनिक खाएर फर्किएको बेला धारामा फोहोर गरेको विषयमा विवाद उत्पन्न भएपछि भण्डारीको समूहले हातहतियार देखाउँदै महिला बालबालिकाहरुलाई अभद्र व्यवहार गरेको र घटनास्थलमा पुगेको प्रहरीलाई नै कुटपिट गरेको प्रहरी प्रमुख बैदवारको भनाइ छ ।

‘प्रहरीहरुमाथि नै जाइलागेपछि हामीले पक्राउ गरेका हौँ, प्रहरी हवल्दार लालमणि शिवाकोटीको युनिफर्म नै च्यातिएको छ भने उनी घाइते समेत छन् । उनीहरुको साथबाट एक थान छुरी पनि बरामद भएको छ,’ बैदवारले भनेका छन् ।

भण्डारीसँगै सुजन लामा, विमल शाह ठकुरी, काजी शाक्य, समीर थापा मगर पनि पक्राउ परेका छन् । उनीहरुलाई ज्यान मार्ने उद्योग र ड्युटीमा खटिएको प्रहरीलाई दुव्र्यवहार गरेको आरोपमा जिल्ला अदालत धादिङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको बैदवारले जानकारी दिए । तरुण दलले भने राधे कुनै घटनामा संलग्न नभएको दावी गर्दै विरोध गरेको हो । उनलाई नियोजित रुपमा फसाउने उद्देश्यले पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.