कैलालीमा हावाहुरीको वितन्डा : मृत्यु हुनेको संख्या २ पुग्यो

कैलालीमा हावाहुरीको वितन्डा : मृत्यु हुनेको संख्या २ पुग्यो

टीकापुर :  गएराति आएको भिषण हावाहुरीका कारण कैलालीको टीकापुरमा एकजनाको मृत्यु भएको छ भने कयौं घरका छाना उडाएका छन्। हावाहुरीका कारण टीकापुर नगरपालिका वडा नं. २ राजीपुरका ५१ वर्षीय लहानु चौधरीको मृत्यु भएको हो। 

मृतकका आफन्त दीपक चौधरीले दिएको जानकारीअनुसार कुखुराको खोरमा बसेका चौधरीको हावाहुरीले खोरको भित्ता भत्किँदा घाइते भएका थिए। घाइते चौधरीलाई उपचारका लागी नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। मृतक चौधरीको शव टीकापुर अस्पतालमा राखिएको छ। 

बिहीबार साझँ हावाहुरीमा परी घाइते भएका गोदावरी नगरपालिका माझगाउँका वीरबहादुर चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो। कैलालीका एसपी सुदीप गिरीकाअनुसार हावाहुरी चलेका बेला चौधरी सवार मोटरसाइकल टिपरमा ठोक्किएपछि उनी गम्भीर घाइते भएका थिए। हावाहुरीमा परी घाइते भएका ४० जना भन्दा बढीको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

हावाहुरीले टीकापुर नगरपालिकाको विजयनगर, शक्तिनगर, एकतापुर लगायतका सुकुम्बासी बस्तीका सयौं घरको छाना उडाएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.