पढ्न आउँदा अवाञ्छित गतिविधि

पढ्न आउँदा अवाञ्छित गतिविधि

काठमाडौं : विद्यार्थी प्रवेशाज्ञा (भिसा) मा नेपाल बसेका विदेशीका गतिविधि शंकास्पद देखिएको छ। विश्वभाषा क्याम्पस, काठमाडौं विश्वविद्यालयलगायतका शैक्षिक संस्थामा भर्ना भएका विदेशीले भिसा दुरुपयोग गरी अवाञ्छित गतिविधिमा संलग्न हुने गरेका छन्। विश्वभाषा क्याम्पसमा नेपालीलगायतका भाषा र काठमाडौं विश्वविद्यालय अन्तर्गतको कला तथा संगीत पढ्न विदेशीहरू भर्ना भएका छन्। केही विदेशी उपत्यका बाहिरका क्याम्पसमा समेत भर्ना भएका छन्। 

सन् २०१७ मा विश्व भाषालगायतका विभिन्न शैक्षिक संस्थामा १ हजार २ सय जना विद्यार्थी भर्ना भएको पाइएको छ। शिक्षा मन्त्रालयको तथ्याङ अनुसार, सन् २०१८ मा त्यो संख्या बढेर २ हजार पुग्यो। विद्यार्थी भिसामा नेपाल आउने विदेशीको संख्या प्रत्येक वर्ष बढ्दो छ। 

अध्यागमन नियमावलीमा स्पष्ट भनिएको छ, ‘जुन उद्देश्यले भिसा प्रदान गरिएको हो, अनिवार्य रूपमा सोही अनुरुपको कार्य गर्नुपर्नेछ। ’ तर विद्यार्थी भिसामा बसेका अधिकांश विदेशीले अध्यागमन कानुन मानेका छैनन। विद्यार्थी भिसालाई उनीहरूले दुरुपयोग गर्दे आएका छन्। 

विद्यार्थी भिसाको आवरणमा उनीहरू अवाञ्छित गतिविधिमा संलग्न हुने गरेको सुरक्षासम्वद्ध स्रोतले बताएको छ। चावहिलको पशुपति क्याम्पसमा भर्ना भएकी अस्ट्रेलियन युवती धर्म प्रचार गर्ने क्रममा बर्दियाबाट पक्राउ परिन्। त्यस्तै पोखराको शिवशक्ति क्याम्पसमा भर्ना भएका दुई जापानी युवतीसमेत धर्मप्रचार गर्दा रूपन्देहीबाट पक्राउ परे। सम्बन्धित क्याम्पसले उनीहरूको नियमित हाजिरी गरेको थिएन। क्याम्पसले कडाइ गरेको भए विद्यार्थी भिसामा रहेका विदेशी गाउँगाउँ पस्न पाउँदैन थिए। उनीहरू तीनै जनालाई गृह मन्त्रालयले निष्काशन गरिसकेको छ। उनीहरू मात्र होइन विद्यार्थी भिसा लिएका विदेशी गाउँ गाउँमा पुगेर धर्म प्रचार गर्न थालेका छन्। केही दिनअघि दाङबाट एक अमेरिकी युवती धर्म प्रचारका सामाग्रीसहित पक्राउ परिन्। 

पढ्न बसेका विदेशीले भिसा दुरुपयोग गर्न थालेपछि अध्यागमन विभागले उनीहरूमाथि निगरानी बढाएको छ। अध्यागमन विभागले विद्यार्थी भिसा लिएका र लिन आउने विदेशी नागरिकको चालचलन बुझने प्रक्रिया थालेको छ। विद्यार्थी भिसामा बसेका विदेशी धर्म प्रचारमा लागेको भेटिएपछि विभागले भिसा जारी गर्ने प्रक्रियामा कडाइ गरेको छ। 

अध्यागमन विभागका निर्देशक जनार्दन गौतमले भिसा जारी गर्नु पुर्व सम्बन्धित विद्यार्थीको चालचलन बुझने गरेको बताए। ‘कतिपय शंका लागेका विद्यार्थीहरू माथि छानबिन गर्न थालेका छौं, निर्देशक गौतमले अन्नपूर्णसँग भने, ‘नेपाल बस्नकै लागि मात्र पटक पटक भिसा परिवर्तन गर्ने विद्यार्थीका गतिविधिबारे अनुसन्धान गर्दैछौं। ’

अध्यागमन विभागले विश्व भाषा क्याम्पसलाई पत्र लेखेर विदेशी विद्यार्थी नियमित उपस्थित हुने÷नहुनेबारे अभिलेख राख्न आग्रह गरेको छ। विभागले शिक्षा मन्त्रालयका अधिकारीसँग समेत छलफल गरेको छ। विदेशी विद्यार्थी भर्ना गरेपछि सम्बन्धित क्याम्पसले उनीहरू नियमित उपस्थिति भए/नभएको बुझ्दैन्न। भर्ना भएपछि सम्बन्धित क्याम्पसले विदेशी विद्यार्थीको शैक्षिक प्रगतिमा खासै चासो दिँदैन। 

शिक्षा मन्त्रालयले समेत विगतका शैक्षिक प्रगति नहेरिकन हचुवाको भरमा विदेशी विद्यार्थीको भिसा सिफारिस गर्दै आएको छ। गृह मन्त्रालयले विदेशी नागरिकमाथि अनुगमन गर्ने उद्देश्यले ‘विदेशी नागरिक अनुगमन निर्देशिका’ जारी गरेको छ। तर कार्यान्वयन पक्ष प्रभावकारी छैन। 

विदेशी विद्यार्थी भर्ना भएपछि सम्बन्धित कलेजहरूले समेत सोधीखोजी गर्र्दैनन्। नेपाल बस्ने बहानामा अधिकांश विदेशीले पर्यटक भिसा सकिएपछि पुनः विद्यार्थी भिसा लिने गरेका छन्। विद्यार्थी भिसा लिने तर धर्म प्रचारलगायत राष्ट्रिय हित र संविधानविरुद्धका अवाञ्छित गतिविधिमा विदेशी संलग्न हुँदै आएका छन्। 

विदेशी अध्ययन गर्न भर्ना त हुन्छन्। तर मुस्किलले क्याम्पस जान्छन्। कलेज प्रशासनले समेत उनीहरूको हाजिरीमा कडाइ गरेको छैन। शिक्षा मन्त्रालयले भिसा सिफारिस गर्दा समेत लापरवाही गरेको देखिएको छ। मन्त्रालयले उनीहरूको अभिलेख नहेरी भिसा सिफारिस गर्दै आएको छ। 

जापान, दक्षिण कोरिया, अमेरिकालगायत विकसित मुलुकका नागरिक नै धर्मप्रचारमा संलग्न भएका छन्। नेपालको संविधानले धर्म प्रचार गर्नुलाई गम्भीर अपराधका रूपमा लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.