कैलालीमा भीषण हावाहुरी, १२ तस्बिर
कैलाली : बिहीबार बेलुका कैलालीमा भीषण हावाहुरी आयो । हावाहुरीका कारण दुईजनाको मत्यु भएको छ । थुप्रै घरका छाना उडाएका छन् । हावाहुरीका कारण टीकापुर नगरपालिका-२ राजीपुरका ५१ वर्षीय लहानु चौधरी र गोदावरी नगरपालिका माझगाउँका वीरबहादुर चौधरीको मृत्यु भएको हो । हावाहुरीमा परी १०० भन्दा बढी घाइते भएका छन्।
उनीहरूको विभिन्न स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। हावाहुरीले टीकापुर नगरपालिकाको विजयनगर, शक्तिनगर, एकतापुरलगायतका सुकुम्बासी बस्तीका सयौं घरको छाना उडाएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
८