समान चरित्रका टोलीबीच भिडन्त

समान चरित्रका टोलीबीच भिडन्त

टाउनटन : जारी विश्वकप क्रिकेटको शुक्रबार खेलिने खेलमा अन्तर्राष्ट्रिय क्रिकेटका दुई प्रभावशाली राष्ट्र पाकिस्तान र श्रीलंकाबीच भिडन्त हुने भएको छ। उक्त खेल टाउनटनस्थित काउन्टी ग्राउन्डमा नेपाली समयअनुसार दिउँसो ३ :१५ बजे सुरु हुनेछ। यी दुवै राष्ट्र विश्वकप क्रिकेटका पूर्वविजेता हुन्। पाकिस्तानले सन् १९९२ मा भएको विश्वकपको पाँचौं संस्करण जितेको थियो। पाकिस्तानले फाइनलमा इङ्ल्यान्डलाई २२ रनले हराएको थियो। सन् १९९६ मा भएको छैटौं संस्करणको उपाधि श्रीलंकाले जितेको थियो। श्रीलंकाले फाइनलमा अस्ट्रेलियालाई सात विकेटले पराजित गरेको थियो।

त्यसयता श्रीलंका दुई र पाकिस्तान एक पटक फाइनलमा पनि पुगेका छन्। पाकिस्तान सन् १९९९ को फाइनलमा अस्ट्रेलियासँग आठ विकेटले हारेको थियो। श्रीलंका भने सन् २००७ को फाइनलमा अस्ट्रेलियासँग ५३ रन र सन् २०११ को फाइनलमा भारतसँग ६ विकेटले पराजित भएको थियो। यी दुवै टोली सन् १९७५ मा सम्पन्न पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएका छन्।

जारी विश्वकपमा श्रीलंका र पाकिस्तानले यसअघि नै दुई÷दुई खेल खेलिसकेका छन्। दुवै टोलीले एक÷एक खेल जितेका छन् भने एक÷एक खेलमा पराजय भोगेका छन्। आफ्नो पहिलो खेलमा पाकिस्तानी टोली वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो। दोस्रो खेलमा पाकिस्तानले इङ्ल्यान्डलाई १४ रनले हराएको थियो। श्रीलंकाली टोली पनि आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो। दोस्रो खेलमा श्रीलंकाले अफगानिस्तानलाई डकवर्थ एन्ड लेविस नियमका आधारमा ३४ रनले हराएको थियो।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म यी दुई टोलीबीच भएको खेलको नतिजालाई हेर्दा श्रीलंकाभन्दा पाकिस्तान बलियो देखिन्छ। श्रीलंका र पाकिस्तानबीच हालसम्म एक सय ५३ खेल भएको छ। ९० खेलमा पाकिस्तान र ५८ खेलमा श्रीलंका विजयी भएका छन्। एक खेल बराबरीमा सकिएको छ भने चार खेल अनिर्णित रूपमा टुंगिएको छ।

जारी विश्वकपमा पाकिस्तानी टोली सरफराज अहमद र श्रीलंकाली टोली दिमुथ करुनारन्तेको कप्तानीमा छन्। विगत केही समययता अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंका र पाकिस्तान दुवैको प्रदर्शन एकनासको छैन। विभिन्न एकदिवसीय प्रतियोगितामा यी दुवै टोलीको प्रदर्शनमा अप्रत्याशित उतारचढाव देखिन्छ। जारी विश्वकपमै पनि अघिल्ला दुई खेलमा यी दुवै टोलीको प्रदर्शनमा निकै ठूलो अन्तर देखिएको छ।

पाकिस्तान र श्रीलंका दुवै आफ्नो पहिलो खेलमा असफल देखिएका थिए। दुवै टोलीको ब्याटिङ र बलिङ निकै निराशाजनक थियो। वेस्ट इन्डिजविरुद्घको खेलमा पाकिस्तानी टोली एक सय पाँच रनमै अलआउट भएको थियो। वेस्ट इन्डिजले १३.४ ओभरमै केवल तीन विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो। श्रीलंकाली टोली पनि आफ्नो पहिलो खेलमा न्युजिल्यान्ड सामु निरीह देखिएको थियो। उक्त खेलमा पाकिस्तानको ब्याटिङ र बलिङ दुवै निराशाजनक थियो। ३० ओभरसम्म पनि टिक्न नसकेको श्रीलंका एक सय ३६ रनमै अलआउट भएको थियो। जवाफमा न्युजिल्यान्डले १६.१ ओभरमै कुनै पनि विकेट नगुमाई विजयलक्ष्य पूरा गरेको थियो।

त्यसको ठीक विपरीत आफ्नो दोस्रो खेलमा भने यी दुवै टोलीले स्तरीय प्रदर्शन गरेका थिए। दोस्रो खेलमा पाकिस्तानले घरेलु टोली इङ्ल्यान्डविरुद्घ आठ विकेट गुमाएर तीन सय ४८ रन बनाएको थियो। अफगानिस्तानविरुद्घको दोस्रो खेलमा श्रीलंकाको ब्याटिङ खासै नचेले पनि बलिङ भने उत्कृष्ट थियो। पहिले ब्याटिङ गरेको श्रीलंकाले दुई सय एक रनमात्र बनाउन सक्यो। अफगानिस्तानलाई भने एक सय ५२ रनमै अलआउट गराएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा समान चरित्र बोकेका यी दुई टोली शुक्रबार एकअर्काविरुद्घ मैदानमा ओर्लंदै छन्। जारी विश्वकपको सेमिफाइनलमा पुग्न पनि यी दुवै टोलीका लागि उक्त खेल निकै महŒवपूर्ण छ।

विश्वकपमा दुई टोली

कुल  : ७ खेल

पाकिस्तान विजयी  : ७ खेल

श्रीलंका विजयी  : ० खेल

एकदिवसीयमा दुई टोली

कुल  : १५३ खेल

पाकिस्तान विजयी  : ९० खेल

श्रीलंका विजयी  : ५८ खेल

बराबरी  : १ खेल

अनिर्णित  : ४ खेल

आजको खेल

पाकिस्तानविरुद्घ श्रीलंका

काउन्टी ग्राउन्ड (दिउँसो ३ :१५ बजे)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.