आईसीसी विश्वकप : आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडी

आईसीसी विश्वकप : आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडी

नुवान प्रदीप ( श्रीलंका)

यस पटकको विश्वकपमा  श्रीलंकाली टोलीमा पाका र अनुभवी खेलाडीहरूको बाहुल्य छ। टोलीका अधिकांश खेलाडी २८ वर्षभन्दा बढी उमेरका छन्। यस्तै खेलाडीमध्ये एक हुन्, नुवान प्रदीप। उमेरले ३२ वर्षीय नुवान प्रदीपले       श्रीलंकाली टोलीको केही सफलतामा महŒवपूर्ण योगदान पनि पु¥याएका छन्। यद्यपि, उमेरले पाका भए पनि उनले टोलीका लागि धेरै खेल्ने अवसर पाएका छैनन्। उनी दायाँहाते मध्यमतेज गतिका बलर हुन्। उनले       श्रीलंकाका लागि ३६ एकदिवसीयको ३४ पालीमा ४६ विकेट लिएका छन्।

एकदिवसीय क्रिकेटको एउटै खेलमा उनको उत्कृष्ट प्रदर्शन ३१ रन खर्चिएर चार विकेट हो। जारी विश्वकपको अफगानिस्तानसँगको खेलमा उनले नौ ओभरमा ३१ रन खर्चिएर चार विकेट लिएका थिए। उनले देशका लागि २८ टेस्टको ५३ पालीमा ७० विकेट लिएका छन्। उनले सन् २०१२ को जुलाईमा भारतविरुद्ध खेल्दै एकदिवसीय क्रिकेटमा ‘डेब्यु’ गरेका थिए। पाकिस्तानविरुद्ध शुक्रबार हुने खेलमा पनि उनीबाट       श्रीलंकाली टोलीले उत्कृष्ट प्रदर्शनको आशा गरेको छ।

बाबर आजम (पाकिस्तान)

पाकिस्तानी टोलीका कुशल ब्याट्सम्यान हुन्, बाबर आजम। पछिल्लो समय एकदिवसीय क्रिकेटमा उनी लयमा पनि छन्। २४ वर्षीय बाबर आजम तेस्रो नम्बरमा ब्याटिङ गर्न आउँछन्। उनले पाकिस्तानका लागि ६६ एकदिवसीयको ६४ पालीमा ५१.३४ को औसतले कुल दुई हजार आठ सय २४ रन बनाएका छन्। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन अविजित एक सय २५ रन हो। उनले एकदिवसीय क्रिकेटमा हालसम्म नौ शतक र १३ वटा अर्धशतक पनि प्रहार गरेका छन्।

खेलका क्रममा उनले ३२ वटा क्याच पनि लिएका छन्। जारी विश्वकपको इङ्ल्यान्डविरुद्धको खेलमा पनि उनले ६३ रन बनाएका थिए।       श्रीलंकाविरुद्धको पछिल्ला आठ एकदिवसीय खेलमा बाबर आजमले दुई शतकसहित ५८.३३ को औसतले रन बनाएका छन्। त्यसैले पनि शुक्रबार हुने       श्रीलंकाविरुद्धको खेलमा समेत पाकिस्तानले उनीबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको छ। आफूले खेलेका पछिल्ला चार एकदिवसीय खेलमा उनले क्रमशः एक सय १५, ८०, २२ र ६३ रन बनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.