ओपोले रेनो सिरिजका स्मार्टफोन ल्याउँदै

ओपोले रेनो सिरिजका स्मार्टफोन ल्याउँदै

काठमाडौं : ओपोले आफ्नो नयाँ ब्रान्ड पहिचान (ब्रान्ड आइडेन्टिटी) प्रस्तुत गरेको छ। नयाँ ब्रान्ड आइडेन्टिटीले गुणस्तर र हरेक विवरणमा पृथक ब्रान्डको पहिचान स्थापित गरेको कम्पनीले जनाएको छ। नयाँ ब्रान्ड आइडेन्टिटी निर्माणका लागि कम्पनीले न्युयोर्कको पेन्टाग्रामका ख्यातिप्राप्त डिजाइनर एडी ओपारासँग सहकार्य गरेको छ।

ओपोको नयाँ ब्रान्ड आइडेन्टिटीले कम्पनीको विकास र हालको वृद्धि तथा सफलता प्रतिबिम्बित गरेको जनाएको छ। एडी ओपाराले नयाँ ब्रान्ड सार्वजनिक गरेका छन्। ओपोको विशेष कर्भका साथ नयाँलोगो निकै आकर्षक देखिन्छ। साथै, यसको डिजाइनमा सिर्जनशिलताका लागि पर्याप्त स्थान दिइएको छ। इमेजरीमा नयाँ रङ प्रणाली र भिजुअल ले–आउटका साथै कस्टम टाइपफेस, ओपो सान्स पनि समावेश गरिएको छ।

नयाँ ब्रान्ड इमेजले ओपोको वैश्विकस्तरमा वृद्धि र बढ्दो पहुँचको प्रतिनिधित्व गर्ने कम्पनीको दाबी छ। नवप्रवर्तन तथा सिर्जनशीलताका लागि कम्पनीले उत्पादन पोर्टफोलियोमा नयाँ सिरिजका रूपमा रेनो सिरिज पनि सार्वजनिक गर्ने तयारी गरेको छ।

सिर्जनशिलतालाई विशेष ध्यानमा राखी विकसित रेनो सिरिज पृथक सोच राख्ने सिर्जनशील युवा ट्रेन्ड सेटर्स लक्षित फोन हुने कम्पनीले जनाएको छ। ओपोको रचनात्मक भिजनको प्रतिक रेनोले नेपालमा ओपो स्मार्टफोनको विकासका लागि आउँदो १० वर्षका लागि उत्पे्ररकको काम गर्ने कम्पनीको विश्वास छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.