भरुवा बन्दुकसहित बाजुराबाट दुई पक्राउ

भरुवा बन्दुकसहित बाजुराबाट दुई पक्राउ

बाजुरा : हिमाली गाउँपालिका- १ देबीडाँडामा दुई थान भरुवा बन्दुक एक झोला,बन्दुकमा प्रयोग हुने बारुद, गोली,कटुकी नामक जडीबुटी १५ किलोसहित दुईजनालाई प्रकाउ परेका छन्। उनीहरुको साथबाट घोरलको काँचो मासु १ किलो ५ सय ग्राम पनि बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा हिमाली गाउँपालिका १ का २४ वर्षीय रबीलाल बोहोरा र २१ वर्षीय राजेश बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख उद्धबसिंह भाटले जानकार दिए। 

गोप्पे सूचनाका आधारमा  प्रहरी चौकी बिच्छियाबाट जेठ १९ गते गएको गस्ती टोलीले करिब १३ घण्टा लगाएर उक्त जंगलको बाटो भएर अबैध सिरकार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

बरामद गरेको सामान र उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।बरामत गरेको मासु र जडीबुटी डिभिजन वन कार्यालय कर्माडी बाजुरामा बुझाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.