प्रहरीले छिरिङ तामाङलाई गोली हानेर नियन्त्रणमा लियो

प्रहरीले छिरिङ तामाङलाई गोली हानेर नियन्त्रणमा लियो

काठमाडौं : राजधानीका विभिन्न स्थानमा लुटपाटमा संलग्न छिरिङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार दिउँसो महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले काठमाडौंको अत्तरखेलबाट तामाङलाई नियन्त्रणमा लिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

विशेष सूचनाका आधारमा अत्तरखेल पुगेको प्रहरी टोलीमाथि तामाङले आक्रमणको प्रयास गरेपछि फायर खोल्नु परेको थापाको भनाइ छ। उनको समूहका यसअघि नै चारजना पक्राउ परिसकेका छन्। तामाङ नेतृत्वको समूहले काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा लुटपाट गरेको उजुरी परेपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो। 

तामाङको समूहले कााठमाडौंको जोरपाटी, बौद्ध र ललितपुरको इमाडोलका सुनपसल र आइएमी लुटपाट गरेपछि प्रहरीले खोजी तीब्र पारेको थियो। घरेलु हतियार देखाएर यो समूह लुटपाटमा सक्रिय भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। तामाङको खुट्टामा दुई गोली लागेको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.