कम्युनिष्ट सरकारकै कारण नयाँ शोषक वर्ग जन्मियो : नेता पौडेल
दोलखा : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले दुईतिहाइको कम्युनिष्ट सरकारकै कारण देशमा नयाँ शोषक वर्ग जन्मिएको टिप्पणी गरेका छन् ।
‘जुनसुकै अपराधमा पनि रातो झण्डा ओढेपछि छुट पाउने अवस्था दुईतिहाई सरकारले ल्याएको छ,’ नेता पौडेलले भनेका छन् । नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत कांग्रेस दोलखाद्वारा सदरमुकाम चरिकाटमा आयोजित बृहत आमसभालाई सम्वोधन गर्दै नेता पौडेलले यस्तो ठोकुवा गरेका हुन् ।
अदालत, अख्तियार लगायत सबै निकायलाई दुईतिहाई सरकारले लाचार बनाएको उनको आरोप छ । उनी भन्छन्, ‘कम्युनिष्ट सरकारले सत्ताको चरम दुरुपयोग गरेको कारण जनता निराश हुन थालेका छन् ।’ देश अहिले निर्वाचित तानाशाहहरुको चंगुलमा फस्दैगएको पनि उनले बताए ।