संसद्‍लाई बजेट नदिन नेकपा संसदीय दलको आग्रह

संसद्‍लाई बजेट नदिन नेकपा संसदीय दलको आग्रह

बुटवल : सांसदलाई विकासका नाममा दिइएको बजेटको विरोध भइरहेका बेला प्रदेश ५ को सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले संसद विकास कोषको व्यवस्था नगर्न सरकारलाई आग्रह गरेको छ। 

शुक्रबार बसेको संसदीय दलको बैठकले संसद विकास कोषका नाममा कुनै पनि रकम आगामी बजेटमा विनियोजन नगर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो।

प्रदेश ५ मा सत्तारुढसहित अधिकांश सांसदले कम्तिमा ३ करोड रकम सांसदलाई दिनुपर्ने बताउँदै आएका थिए। नेपाल संसदीय दलको बैठकले सांसदलाई रकम दिने कुरा संघीयता विरोधी हुने भन्दै त्यस्तो व्यवस्था रोक्न सरकारलाई आग्रह गरेको हो।

मुख्यमन्त्री तथा दलका नेता शंकर पोखरेल अनुपस्थित बैठकले समानुपातिक बजेट निर्माणका लागि आग्रह गरेको प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए। दलका उपनेता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकमा अधिकांश सदस्यले बजेट दिनुपर्ने माग गरेका थिए।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.