चुनावपछि भारत चहार्दा...(फोटो फिचर)
गत मे महिनाको अन्त्य र जुन पहिलो हप्ता भारतका सहरहरू पटना, भोपाल, मुम्बई र कोलकाताको भ्रमणमा थिएँ। त्यहाँ सम्पन्न लोक सभाको चुनावी परिणाममा फेरि भारतीय जनता पार्टीले विजय हासिल गरेको थियो। भाजपाका नेता नरेन्द्र मोदीको विजय र उनी पुनः प्रधानमन्त्री बनेपछिको परिस्थिति अनुभव गर्न पाइयो।
ती चार सहरको भ्रमणमा त्यहाँका समुदायमा उत्साहको माहोल थियो। उनीहरू जुनसुकै समुदायका भए पनि मुलुकमा स्पष्ट बहुमतको सरकार आएकामा खुसी देखिन्थे। यसले उनीहरूमा भारतको प्रगति अझ छिटो हुने आशा बढेको पाएँ अनुभव गर्न पाएँ। प्रस्तुत छ, उक्त यात्राका क्रममा खिचिएका केही तस्बिर :