आईसीसी विश्वकप : आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडी

आईसीसी विश्वकप : आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडी

मोइन अली (इङ्ल्यान्ड)

मोइन अली इङ्ल्यान्डका अनुभवी अलराउन्डर खेलाडी हुन् । तीनवटै ढाँचाको क्रिकेटमा उनको उत्तिकै दक्खल छ । उनको उत्कृष्ट प्रदर्शनका कारण इङ्ल्यान्डले थुप्रै प्रतियोगितामा सफलता पनि हात पारेको छ । ३२औं वर्ष प्रवेशको संघारमा रहेका मोइन अलीले इङ्ल्यान्डका लागि ९८ एकदिवसीय प्रतियोगिताको ७९ पालीमा २५.५६ को औसतले कुल एक हजार सात सय १३ रन बनाएका छन् । एकदिवसीय प्रतियोगितामा ब्याटिङतर्फ उनको उत्कृष्ट प्रदर्शन एक सय २८ रन हो । एकदिवसीय प्रतियोगितामा बलिङतर्फ पनि उनले ९२ पालीमा कुल ८३ विकेट लिइसकेका छन् ।

बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन ४६ रन दिएर चार विकेट हो । एकदिवसीय क्रिकेटमा उनले ३१ वटा क्याच पनि लिएका छन् । जारी विश्वकपमा पाकिस्तानविरुद्घको खेलमा पनि उनले तीन विकेट लिएका थिए । त्यसअघि दक्षिण अफ्रिकाविरुद्घको खेलमा पनि एक विकेट हात पारेका थिए । ब्याटिङतर्फ भने जारी विश्वकपको दुवै खेलमा उनी चल्न सकेका छैनन् । बंगलादेशविरुद्घको खेलमा उनलाई प्रभाव पार्न सक्ने खेलाडीका रूपमा हेरिएको छ ।

मुसफिकर रहिम (बंगलादेश)

बंगलादेशी टोलीका प्रभावशाली ब्याट्सम्यान हुन्, मुसफिकर रहिम । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशी टोलीलाई थुप्रै महत्वपूर्ण सफलता दिलाएका छन् । उनी टोलीका विकेटकिपर पनि हुन् । दुई दिनपछि ३२औं जन्मदिन मनाउने तयारीमा रहेका मुसफिकर रहिम जारी विश्वकपमा पनि लयमा देखिएका छन् । उनले जारी विश्वकपको दक्षिण अफ्रिकाविरुद्घको खेलमा ८० बलको सामना गरी आठ चौकाको मद्दतले ७८ रनको योगदान दिएका थिए । सो खेलमा बंगलादेश २१ रनले विजयी भएको थियो ।

न्युजिल्यान्डविरुद्घको खेलमा भने उनी १९ रन बनाउँदै रनआउट भएका थिए । अनुभवी खेलाडी मुसफिकर रहिमले बंगलादेशका लागि दुई सय सात एकदिवसीय क्रिकेटको एक सय ९३ पालीमा ३५.१२ को औसतले कुल पाँच हजार ६ सय ५५ रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय ४४ रन हो । एकदिवसीय क्रिकेटमा उनले हालसम्म एक सय ७१ क्याच लिएका छन् भने ४२ ब्याट्सम्यानलाई स्टम्पिङ गरेका छन् । उनीबाट इङ्ल्यान्डविरुद्घको खेलमा पनि उत्कृष्ट प्रदर्शनको आशा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.