फिक्री छैन, चाख छैन
प्रश्न : तपाईंलाई २०१८ सालमा जेलबाट छुटाउनका लागि नेहरुले के योजना बनाउनु भएको थियो त्यसको मलाई अलि विस्तृत ज्ञान गराइदिनु हुन्छ कि ?
प्रश्न : इतिहासमा तपाईंको स्मरण कुन रुपमा होस् भन्ने चाहनु हुन्छ ? साँच्चै भनौं भने तपाईं आफ्नो मृत्युपछि कुन वाक्यले प्रशंसित हुन चाहनुहुन्छ ?
उत्तर : यसबारे मैले कहिल्यै सोचेको छैन। वास्तवमा मैले त्यति ठूलो काम केही गरेको छैन जसका लािग भावी पुस्ताहरुले मलाई सम्झिराखून्। मैले तपाईंसँग अघि अघि भएका अन्तर्वार्तामा पनि भनिसकेको छु कि मेरो प्रयासको जुन आध्यात्मिक पक्ष छ त्यसले इतिहास कुनै स्थान पाउनुपर्छ भन्ने आकांक्षा राख्दैन। कुनै कामको स्मारकका रुपमा मलाई जनताले सम्झिराखुन् भनौं भने मेरो त्यो आकांक्षा कत्ति पनि नै छैन। देश र जनताले मलाई कुन रुपमा सम्झिराख्नु पर्छ भन्ने बारेमा मलाई कुनै फिक्री छैन। मलाई त्यसमा चाख छैन।
‘वी.पी. कोइरालाको अन्तिम अन्तर्वार्ता’। ११ पृष्ठको यो पुस्तिकाको मूल्य एक रुपैञाँ मात्र हो। पहिलो पृष्ठको सुरुमा लेखिएको छ— टेलिग्राफमा बी.पी. कोइरालाको अन्तिम अन्तर्वार्ता– भोला चटर्जी। बीसौँ शताब्दीका ती महानतम नेपालीले आफ्नो अन्त्यकाल आएको थाहा पाउनु भन्दा केही दिनअघि आफ्ना साथी भोला चटर्जीलाई आफ्नो मन र हृदयको कुरा भन्नुभएको थियो– जो यहाँ प्रस्तुत छ।