काठमाडौंका २४४९ व्यापारीलाई कारबाही

काठमाडौंका २४४९ व्यापारीलाई कारबाही

काठमाडौं : नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले दुई हजार ४४९ व्यापारीलाई कारवाही गरेको छ । कार्यालयले चालू आर्थिक वर्षमा नाप्ने तथा तौलने यन्त्र जाँच तथा नवीकरण नगराएको भन्दै ती व्यापारीलाई कारवाही गरेको हो । 

तौलमा घटी बढी गरेर सामान बिक्री वितरण गर्ने तथा समयमा नाप्ने तौलने यन्त्र परीक्षण नगर्ने व्यापारीलाई कारवाही गरेको कार्यालयका प्रमुख एवं उपसचिव राकेशकुमार झाले जानकारी दिए । 'नापतौल कार्यालयको मापदण्ड विपरीत काम गर्ने व्यापारीलाई कारवाही गरेका हौँ', उनले भने। 

चालू आवमा एक हजार ४३ व्यापारीले नाप्ने तथा तौलने यन्त्रका लागि अनुमतिपत्र प्राप्त गरेका छन् भने ४५ व्यापारीको इजाजतपत्र नवीकरण गरिएको छ । तीन हजार ७३४ व्यापारीले नाप्ने तथा तौलने यन्त्र, ४६२ पटक पेट्रोलियम पदार्थ वितरण गर्ने पेट्रोल पम्प र ३० पटक पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करलाई जाँच गरेको कार्यालयले जनाएको छ । कार्यालयले चालू आवमा नापतौल यन्त्र दर्ता, नवीकरण तथा पेट्रोलपम्प जाँचबाट ९२ लाख ७१ हजार ३०३ राजश्व सङ्कलन गरेको छ । 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.