अब आधारभुत तहमा पनि निःशुल्क रंगिन पुस्तक

अब आधारभुत तहमा पनि निःशुल्क रंगिन पुस्तक

काठमाडौं : आउने शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा आधारभुत तह (कक्षा एकदेखि आठसम्म) का विद्यार्थीलाई निःशुल्क रंगिन पुस्तक वितरण गरिने भएको छ। अहिले कक्षा तीनसम्मका विद्यार्थीलाई मात्र रंगिन पुस्तक वितरण भइरहेको छ।

निजी विद्यालय सञ्चालकले भने यसअघि नै विद्यार्थीलाई रंगिन पुस्तकमा पढाइरहेका छन्। तर, निजीको पुस्तक महंगो छ। अभिभावकले नचाहेर पनि रंगिनको नाममा महंगो पुस्तक किन्न बाध्य छन्। सरकारले पाठ्यपुस्तक रंगिन बनाउन र समग्र पाठ्यपुस्तकको गुण्स्तर सुधार्न २ अर्ब २१ करोड रुपैंया छुट्टयाएको छ। यो रकम आउने शैक्षिक सत्रका विद्यार्थीको पाठ्यपुस्तकमा खर्च हुनेछ।

कक्षा आठसम्मको आधारभुत तहको शिक्षा अनिवार्य तथा निःशुल्क पनि बनाउने संवैधानिक प्रावधानलाई सुनिश्चित गर्न सरकारले पाठ्यपुस्तक रंगिन बनाउन लागेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। आउने वर्षहरुमा अन्य कक्षाका पाठ्यपुस्तक पनि रंगिन बनाउँदै लैजाने मन्त्रालयको तयारी छ।

पाठ्यपुस्तकको गुाण्स्तर बिग्रेको र रंगिन नहुँदा पढाईमा समस्या परेको भन्दै शिक्षसँग सरोकारवालाले गुनासो गर्दै आएका थिए। पाठ्यपुस्तक रंगिन बनेसँगै सामुदायिक विद्यालयको पढाईको स्तर पनि सुध्रिने सरकारको विश्वास छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.