योगिकुटी–धकधई विद्युत लाइन सुरु,सेज र भैरहवामा विद्युत समस्या हट्ने

योगिकुटी–धकधई विद्युत लाइन सुरु,सेज र भैरहवामा विद्युत समस्या हट्ने

बुटवल : रुपन्देहीको विशेष आर्थिक क्षेत्र (सेज) र तिब्र औद्योगिकीकरण भइरहेको धकधई क्षेत्रमा ३३ केभिए विद्युत प्रशारण लाइन जोडिएको छ। प्रशारण लाइनको निर्माण काम सकिएपछि आज साझदेखि विद्युत प्रशारण हुँदैछ।

लाइन प्रशारणको तीन दिनपछि धकधईमा नवनिर्मित ३३÷११ केभिए सब स्टेशन सञ्चालनमा आउनेछ। यो लाइन निर्माणले भैरहवा क्षेत्रमा हुदै आएको विद्युत आपूर्तिको समस्या समाधान हुने विद्युत प्राधिकरणले जनाएको छ। यो प्रशारण लाइन निर्माणमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निरन्तर चासो दिएका थिए । चर्काे विवाद र अवरोधकाबीच निर्माणको काम सकिएको हो।

विद्युत वितरण प्रणाली सुदृढिकरण तथा विस्तार आयोजना अन्तगर्त योगीकुटी–धकधई प्रशारण लाइन निर्माण भएको हो। विद्युत प्राधिकरणका उप–कार्यकारी निर्देशक मनोज सिलवालले शनिबार साझबाट विद्युत प्रशारण शुरु हुने बताए। ‘कन्ट्रक्सनको काम सकेर अहिले परिक्षण भइरहेको छ, उनले भने–‘आज (शनिबार) देखि नै चार्जिङ शुरु हुन्छ।’

यो प्रशारण लाईनबाट ३२ मेगावाट विद्युत धकधई प्रशारणमा जोडिएको छ। भैरहवाको विशेष आर्थिक क्षेत्र र अन्य उद्योगका लागि सहज विद्युत आपूर्ति यो प्रशारण लाइनबाट हुनेछ। ३३ केभिए प्रशारण लाइनका लागि सात स्थानमा अण्डरग्राउण्ड बनाएको छ। स्थानीयको बिरोधपछि जमिनमुनिबाट विद्युत लाइन लगिएको हो। डवल सर्किट लाइन भएकाले यसले दीर्घकालसम्म फाइदा पुग्ने छ। प्रशारण लाइनमा सात सय ५० पोल गाडिएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर सागर लुइटेलले जानकारी दिए।

प्रशारण लाइन योगिकुटी–शिवनगर–भवानीपुर–सुर्यपुरा–ढेकावार हुदै धकईधई पुगेको छ। ३३ किलोमिटर लामो प्रशारण लाइन निर्माणमा बिभिन्न अवरोध सिर्जना भएका थिए । अवरोधका बीच बस्ती, बन, नदी क्षेत्र छिचोल्दै प्रशारण नै शुरु गरिएको हो। एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भएको यो प्रशारणलाइन सहित अन्य १२ आयोजनामा १ अर्ब ६० करोड लगानी छ। त्रिपुरेश्वर कन्ट्रक्सन जयदुर्गा जेभीले ठेक्का लिएको योगीकुटी–धकधई योजनाको लागत भने २० करोड छ । यो प्रशारण लाइन निर्माणमा ९ महिना बनले अवरोध गरेको थियो। ०७२ सालमा शुरु भएको योजना करिव चार वर्षपछि सकिएको हो।

विद्युत वितरण प्रणाली सुदृढिकरण तथा विस्तार आयोजना बुटवल डिभिजन कार्यालय प्रमुख विश्वरञ्जन मिश्रले यो प्रशारण लाइनले रुपन्देहीको पूर्वि क्षेत्रमा भोल्टेज सुधार हुने बताए । भैहरवा क्षेत्रमा हुने विद्युत ट्रिपिङ, कम भोल्टेजको समस्या समेत अव हट्ने उनले बताए। ‘अहिले भैरहवा सब स्टेशन ओभरलोडमा चलेको छ, यो जोडिएसंगै माग अनुसारकै विद्युत पुग्नेछु' उनले भने। त्यस क्षेत्रमा खुलेका ठूला होटल तथा उद्योगहरुलाई यो लाइनले राहत पुग्नेछ। त्यसक्षेत्रका खुलेका उद्योगले समेत प्रर्याप्त विद्युत उर्जा पाउनेछन्।

धकधईबाट विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत पुराउने लाइन समेत अन्तिम चरणमा पुगेको छ। विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय बुटवलमाफर्त भएको कामको ८० प्रतिशत काम सकिएको छ। यो सकिएसंगै सेजमा समेत विद्युत आपूर्तिको समस्या समाधान हुनेछ। विद्युत नभएको भन्दै सेजमा उद्योग सञ्चालन गरिएको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.