नगरपालिकाको ट्याक्टरको ठक्‍करबाट महिलाको मृत्यु

नगरपालिकाको ट्याक्टरको ठक्‍करबाट महिलाको मृत्यु

टीकापुर : कैलालीको लम्की- चुहानगरपालिका- ४ कौवापुरमा ट्याक्टरको ठक्‍करबाट महिलाको मृत्यु भएको छ।लम्की-चुहानगरपालिकाको अनटेस्ट ट्याक्टरको ठक्‍करबाट वडा नं. ५ चौंरीकी २९वर्षीया भूमी भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय लम्कीले दिएको जानकारीअनुसार कौवापुरको जंगलबाट दाउरा ल्याएर फर्किंदै गरेकी भुसाललाई ट्याक्टरले ठक्‍कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

भुसालको मृत्यु भएपछि स्थानीयबासीले क्षतिपूर्तिको माग गर्दै शव उठाउन दिएका छैनन्। घटनास्थलमा प्रहरी परिचालन गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.