कम्युनिस्ट विचार हाम्रो शत्रु हो : गगन थापा

कम्युनिस्ट विचार हाम्रो शत्रु हो : गगन थापा

अछाम : कांग्रेस नेता गगन थापाले कम्युनिस्ट विचार कांग्रेसको शत्रु भएको बताएका छन्। रामारोशन गाउँपालिकामा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्। 

‘कम्युनिस्ट सरकार हाम्रो शत्रु होइन, कम्युनिस्ट नेता पनि हाम्रा शत्रु होइनन’, थापाले भने, ‘उनीहरुको विचार हाम्रो शत्रु हो, उनीहरुको काम हाम्रो शत्रु हो।’  पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाले जनतालाई दास बनाएको कांग्रेसले हेर्न नसक्ने बताए। ‘जनताले चुनेको सरकार भएकाले हामीले जनताको मतको कदर गरेका छौँ, हामी जनतालाई दास बनाएको हेर्न सक्दैनौँ’, थापाले भने, ‘अहिलेको सरकारले सबै भन्दा पहिला आफ्नो नियत राम्रो राख्नु जरुरी छ।’ 

नेता थापाले जनताका काम गर्न नभई सिंहदरबारको अधिकार प्राप्तिका लागि दुई पार्टी मिलेर चुनाव लडेको आरोपसमेत लगाए।  ‘दुई पार्टीको मिलन भएको एक वर्ष बितिसक्दा अहिले आएर पार्टीको सिद्धान्त र विचारका विषयमा बहस हुन थालेको छ’, थापाले भने।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.