सकियो मच्छिन्द्रनाथ जात्रा, गाली गर्दै किन लगिन्छ बुंगमती ? (फोटो)
![सकियो मच्छिन्द्रनाथ जात्रा, गाली गर्दै किन लगिन्छ बुंगमती ? (फोटो)](https://annapurnapost.prixacdn.net/media/albums/rato-machhindra-nath-bhoto-jatra-at-jawakhel-by-sunita-dangol2_20190609155335_8vDEBeNpT2.jpg)
ललितपुर : आजदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा सकिएको छ। मच्छिन्द्रनाथको मुर्तीलाई बाजागाजासहित ललितपुरको बुंगमतीमा लगेर विसर्जन गरिएको छ।
मच्छिन्द्रनाथको मुर्ती विसर्जनका क्रममा मुर्तीलाई खटमा राखेर बुंगमती लगिएको थियो। त्यसक्रममा छ्वालीमा आगो बालेर बाटोभरी मच्छिन्द्रनाथलाई गाली गर्दै लैजाने चलन छ।
मान्यता के छ भने मच्छिन्द्रनाथ पाटनमा भोजमा जाने क्रममा हराउँछन्। महिला पुरुष दुबै रुपमा पूजा गरिने मच्छिन्द्रनाथ एक महिना हराएको मान्यतासहित हराएकोमा गाली गर्दै घर भित्र्याउने चलन छ।
हेर्नुस् फोटोहरूः
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)