कर्णाली राजमार्गमा सास्ती

कर्णाली राजमार्गमा सास्ती

कालिकोट : कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकमा गाडी संचालनमा आएको १३ वर्ष पुगिसक्यो। एक दशकपछि पहिलो चरणको ओटाशिल गरे पनि दुई वर्षमा नै अधिकांश ठाउँमा उप्किसकेको छ। एकतर्फी मात्रै गाडी पास हुने राजमार्ग समयमै स्तरोन्नती नहुँदा यात्रुले सास्ती खेप्दै आएका छन्।

दैनिकजसो दुर्घटना हुँदा मृत्युमार्गले परिचित राजमार्गमा पछिल्लो केही वर्षयता दुर्घटनामा त कमी आएको छ। तर अँझै पनि यात्रुले भनेको समयमा ढुक्कले गन्तव्यमा पुग्न भने पाउँदैनन्। जम्मा दुईसय ३२ किलोमिटर दुरी पार गर्न दुईदिनको समय लाग्छ। साना सवारी १२ घण्टामा सुर्खेतदेखि जुम्ला पुगे पनि ठूला सवारी भने एकदिनमा पुग्न सक्दैनन्।

अहिले खाल्डा–खुल्डी, हिलो र धुलोले राजमार्गमा आवतजावत गर्न सकस हुने गरेको छ। जोखिमपूर्ण सडकका कारण यात्रा कष्टपूर्ण बनेको यात्रु सन्देश कठायतले बताए। उनले भने, ‘सडक निकै साँघुरो छ, गाडी पास हुने ठाउँ नपाए आधा दिन जाममा बस्नुपर्छ।’

विगत पाँच वर्षदेखि यो राजमार्गमा गाडी चलाउँदै आएका चालक मानबहादुर थापाले भने, ‘साँघुरो सडकमा कतिबेला गाडी फस्छ थाहा हुँदैन, त्यसैमाथि निरन्तर झरिरहने पहिरोको डर त छँदैछ।’ यतिका वर्षसम्म सडकलाई व्यवस्थीत बनाउनु त कहाँ स–साना खाल्डा पनि पुर्ने गरिएको छैन। यता सडक डिभिजन कार्यालय जुम्लाका प्रमूख इन्जिनियर श्रवणकुमार महताराले राजमार्ग स्तरोन्नतीका लागि एकसय ४० किलोमिटर सडक मर्मतका लागि ठेक्का भइसकेको जानकारी दिए।

उनले भने, ‘जुम्लादेखी दहीखोलासम्म पाँच वटा ठेक्का भएका छन्, करिब साढे ६ करोड बजेट छुट्याइएको छ।’ निर्माण व्यवसायीहरुले सामान ल्याउन ढिलाई गरेकाले मर्मतको काम सुरु नसकेको उनको भनाइ छ। स्थानीय तहले बिना अध्ययन निर्माण गरेका शाखा सडकबाट आउने पहिरोले मुख्य राजमार्गको स्वरुप बिग्रिएको महताराले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.