१० हजार घुससहित अदालतका कर्मचारी पक्राउ
भैरहवा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रुपन्देही जिल्ला अदालतको कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ।
सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै दश हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अदालतको बाल मनोविज्ञ शान्ति अधिकारीलाई पक्राउ गरिएको अख्तियारको बुटवल कार्यालयले जनाएको छ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको अख्तियार जनाएको छ।