मेयर कप फुटबलको उपाधी धादिङ फुट्सल एकेडेमीलाई

मेयर कप फुटबलको उपाधी धादिङ फुट्सल एकेडेमीलाई

धादिङ : धादिङवेशीमा आयोजना भएको प्रथम नीलकण्ठ नगरपालिका मेयर कप खुल्ला फुटबल प्रतियोगिताको उपाधि धादिङ वडा नं ३ मा रहेको फुट्सल एकेडेमीले हात पारेको छ। फाइनल खेलका प्रतिद्वन्द्वी नीलकण्ठ नपा १२ को साँकोष युवा क्लबलाई ४-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै १ लाख ५ हजार राशीको प्रथम पुरस्कार हात पारेको हो।

खेलको सुरुवाती समयदेखि नै सांकोष युवा क्लबलाई दवावमा राखेको धादिङ फुट्सल एकेडेमीका लागि खेलको २९ औं मिनेटमा राजेश भण्डारीले सुरुवाती अग्रता दिलाएका थिए। लगत्तै ३१ औं मिनेटमा साँकोष युवा क्लबका श्रीकृष्ण श्रेष्ठले ३ जना विपक्षी खेलाडीलाइ छक्याउँदै निकै उत्कृष्ट गोल गरेपछि साँकोष खेलमा फर्किने प्रयास गरेको थियो।

निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा साँकोष युवा क्लबका डिफेन्सको कमजोरीको फाइदा उठाउँदै खेलको ३६ औं मिनेटमा धादिङ फुट्सल एकेडेमीका रवी भण्डारीले दोस्रो पटक फुट्सल एकेडेमीका लागि अग्रता दिलाएका थिए।

खेलको ४७ औं मिनेटमा रवि भण्डारीले नै व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गर्दै टिमलाई जिततर्फ उन्मुख गराएका थिए।  दोसो हाफको सुरुवाती समयमा नै २ गोलले पछि परेको अवस्थामा साँकोष युवा क्लबले खेलमा फर्किने पटकपटक प्रयास गरिरहेको थियो। खेलको ५० औं मिनेटमा र ५८ औं मिनेटमा २ पटकसम्म पाएको सुनौलो अवसर खेर फाल्दा साँकोष खेलमा फर्किन सकेन। 

६४ मिनेटमा धादिङ फुटसल एकेडेमीका कप्तान गोपिकृष्ण भण्डारीले निकै उत्कृष्ट गोल गर्दै टिमका लागि चौथो गोल गरेर उपाधि सुनिश्चित गरेका थिए। गोल गर्न २ पटकसम्म पाएको सुनौलो अवसर खेर फाल्दा साँकोष दोस्रो पुरस्कारमै चित्त बुझाउन बाध्य भयो।

फुटबल प्रतियोगीताको उत्कृष्ट खेलाडी धादिङ फुट्सल एकेडेमीका डिफेन्डर मानबहादुर राना मगर घोषित भए भने उत्कृष्ट गोलरक्षकको उपाधि फुट्सल एकेडेमीकै चन्द्रबहादुर तामाङले पाए।

प्रतियोगीताको उच्च गोलकर्ताको उपाधि भने सेमिफाइनलबाटै बाहिरिएको विद्यार्थी उपकार समाज धुवाँकोटका खेलाडी सुब्बा तामाङले पाए । उनले प्रतियोगीता अवधिभर ६ गोल गरेका थिए।

मेयर कप भलिबलको उपाधि भने छात्रतर्फ धादिङ बोर्डिङ उच्च मावि र छात्रातर्फ पञ्चकन्या मावि विद्यालय खाल्टेले जितेको थियो। प्रतियोगीता नीलकण्ठ नगरपालिकाको आयोजना र न्यु किवो बार्डिङ स्कुलको व्यवस्थापनमा सम्पन्न भएको थियो।

विजयी खेलाडीलाई बधाई दिँदै नीकलण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङगानाले खेलाडी उत्पादन र प्रतिभा प्रदर्शनका लागि मेयर कप उत्कृष्ट प्लेटफर्म बन्न सक्ने बताए। आगामी वर्षदेखि पुरस्कार राशीमा वृद्धि गरेर प्रतियोगीता आयोजना गरिने र खेलमैदान पनि बनाउने मेयर ढुङगानाले बताएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.