अमेरिकी दूतावासद्वारा मुस्ताङमा झोङ गुम्बा जीर्णोद्धार परियोजनाको उद्‌घाटन

अमेरिकी दूतावासद्वारा मुस्ताङमा झोङ गुम्बा जीर्णोद्धार परियोजनाको उद्‌घाटन

मुस्ताङ : अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी र गण्डकी प्रदेश सभा सदस्य महेन्द्रबहादुर थकालीले मुस्ताङको झोङ गाउँमा अवस्थित १६औँ शताब्दीको झोङ छोदे शेडूप छोपेल लिङ गोम्पा (झोङ गुम्बा) जीर्णोद्धार परियोजनाको उद्‌घाटन गरेका छन्।

२०७२ सालको भूकम्पबाट क्षति पुगेको उक्त ऐतिहासिक स्थलको जीर्णोद्धार तथा भूकम्पीय सबलीकरणको १ लाख २३ हजार ६८१ अमेरिकी डलरको बजेटमध्ये अमेरिकी दूतावासले सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसीपी) मार्फत १ लाख अमेरिकी डलर रकम योगदान गरेको छ।

झोङ गुम्बा व्यवस्थापन समितिले बाँकी २३ हजार ६८१ अमेरिकी डलर रकम बेहोर्नेछ भने हेरिटेज एण्ड इन्भाइरोमेन्ट कन्जर्भेसन फाउन्डेशन नेपाल (एचईसीएफएन) ले जीर्णोद्धार सम्पन्न गर्नेछ। उक्त जीर्णोद्धार कार्य सन् २०२० को सेप्टेम्बर महिनाभित्र पुरा गर्ने कार्यक्रम छ ।

स्थानीय समुदाय तथा झोङ गुम्बा व्यवस्थापन समितिसँग व्यापक परामर्श गर्दै एचईसीएफएनले उक्त संरचनालाई भूकम्पीय रूपमा बलियो बनाउनुका साथै गुम्बाभित्र रहेका शताब्दीऔँ पुराना चित्रकलाको समेत जगेर्ना गर्नेछ।

परियोजनाले स्थानीय कारिगरलाई काममा संलग्न गराउनेछ भने परियोजना समापन भइसकेपछि गुम्बाको मर्मतसम्भार कायम गर्नका लागि स्थानीय युवालाई स्थलगत तालिम समेत उपलब्ध गराइनेछ ।

'सांस्कृतिक संरक्षणको क्षेत्रमा नेपालसँगको हाम्रो साझेदारी हामीबिचको आपसी मित्रताको ठोस प्रतीक हो र यसले नेपालको विविध र समृद्ध सम्पदाप्रतिको हाम्रो सम्मान दर्शाउँछ,' राजदूत बेरीले भने, 'यस जीर्णोद्धारले यस्ता संरचनाहरूको संरक्षण गर्ने स्थानीय सामुदायिक प्रयत्‍नलाई सहयोग गर्नुका साथै भावी पुस्तालाई हिमालयन संस्कृतिका यस्ता अनुपम, अमूल्य निधिको हेरचाह गरिरहन हौसला प्रदान गर्नेछ।'

विकासोन्मुख देशहरूमा सांस्कृतिक सम्पदाको संरक्षणार्थ प्रत्यक्ष अनुदान सहयोग उपलब्ध गराउने एएफसीपी अमेरिकाको एक मात्र सरकारी कार्यक्रम हो। सन् २००३ यता अमेरिकी दूतावासले नेपालमा सांस्कृतिक संरक्षणका अन्य २४ परियोजनालाई सहयोग गरी कुल ३३ लाख ७० हजार अमेरिकी डलर खर्चिसकेको छ।

नेपालमा एएफसीपी परियोजनाअन्तर्गत उपल्लो मुस्ताङमा प्राचीन बौद्ध छोर्तेनहरू, हुम्लामा ११औँ शताब्दीको रिन्चेन्लिङ गुम्बा, र काठमाडौँमा ऐतिहासिक गद्दी बैठक लगायतको जीर्णोद्धार गरिसकिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.