स्वयम्भूराजले दिए एकल सांगीतिक प्रस्तुति

स्वयम्भूराजले दिए एकल सांगीतिक प्रस्तुति

काठमाडौं : वरिष्ठ गायक स्वयम्भूराज शाक्यको एकल सांगीतिक प्रस्तुति ‘जुजु वेयर्स ओ प्रिय लिफः स्वयाः’ दिएका छन्। तीन दशकको अवधिमा सृजना भएका १४ वटा लोकप्रिय गीत प्रस्तुत भए।

रेकर्डिङ सहज र सुलभ नभएको बेला एउटा कोठामा वाद्यवादक तथा गायक, गायिका र अर्को कोठामा प्रविधि र प्राविधिक बसेर रेकर्ड गरिएको गीत ‘ओ प्रिय लिफः स्वयाः’ निकै लोकप्रिय गीत हो। गायक शाक्यले सपनाश्रीका साथमा गाएका थिए।

राजधानीमा आइतबार भएको कार्यक्रममा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेपछि रेकर्ड भएको पहिलो गीत ‘तिमीलाई मैले चिनेर पनि’ तथा सुगम संगीतको स्वर्ण युगको स्मरण एवं समर्पण गरिएको थियो।

प्रेमध्वज प्रधान र उषा मंगेशकरले गाएको किरण खरेलको शब्द र जयदेवको संगीत रहेको माइतीघर चलचित्रको ‘नमान लाज...’, नारायण गोपालको जीवनय् गुबलें छकःसां गीत पनि उनले सुनाएका थिए। 

शाक्यलाई गायिका संगीता शाक्य, नीशा देसार र गायक सुमन कपाली र चन्द्रमान शाक्यले पनि साथ दिए भने वाद्यवादनमा भूपेन्द्र बज्राचार्यको संयोजनमा अनुप दास, ज्योति घिमिरे, रविन कार्कीढली, लक्ष्मी डंगोल, गौतम श्रेष्ठ, तेज श्रेष्ठ, सम्पूर्ण लामा, इन्द्रमान सिंहको साथ रहेको थियो। गायक शाक्यको यो चौंथो एकल सांगीतिक प्रस्तुति हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.