भारतीय प्रसिद्ध कलाकार गिरिशको निधन, कर्नाटकमा विदा, प्रधानमन्त्रीले दिए श्रद्धाञ्जली

भारतीय प्रसिद्ध कलाकार गिरिशको निधन, कर्नाटकमा विदा, प्रधानमन्त्रीले दिए श्रद्धाञ्जली

नयाँदिल्ली : भारतीय फिल्मकर्मी तथा प्रसिद्ध लेखक गिरिश कर्नाडको ८१ वर्षको उमेरमा साेमबार बिहान निधन भएको छ । उनको निधनमा कर्नाटकमा मुख्यमन्त्री एचडी कुमारस्वामीले तीन दिन सार्वजनिक विदा घोषणा गर्नुका साथै एक दिन सार्वजनिक विदा समेत दिइएको छ ।

१९७० को दशकमा कन्नड फिल्मबाट आफ्नो करिअर बनाएका गिरिशले फिल्म तथा लेखनमा आफ्नो प्रसिद्धि कमाएका थिए । टेलिभिजन प्रस्तोता, अभिनय, लेखनमा उनको अब्बल दक्षता थियो । यस क्रममा उनले थुप्रै पुरस्कार पाइसकेका थिए ।

उनले जीवनभर फिल्म लेखनसँगै, अभिनय, निर्देशन र नाटकको क्षेत्रमा समेत काम गरेका थिए । यही वर्ष सलमान खानको नयाँ फिल्म ‘टाइगर जन्दिा है’मा समेत काम गरिसकेका थिए ।

१९९४ मा साहित्यिक एकेडेमी पुरस्कार, १९९८ मा ज्ञानपीठ पुरस्कार, पद्म श्री, पद्म भुष्ण लगायत पुरस्कारबाट उनी सम्मानित भइसकेका छन् । गिरिशको निधनमा फिल्म क्षेत्र मात्रै नभएर राजनीतिक क्षेत्रका प्रभावशाली व्यक्तिले समेत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले समेत उनको निधनबाट दुखी बनेको भन्दै श्रद्धाञ्जली प्रकट गरेका छन् । सोमबार प्रधानन्त्री मोदीले ट्वीटरमार्फत गिरिशलाई श्रद्धाञ्जली दिएका हुन् । अन्य थुप्रै राजनीतिज्ञले उनको निधनमा श्रद्धाञ्जली दिँदै दुख व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.