फरार अभियुक्त १९ वर्षपछि पक्राउ : तलब नपाएपछि हत्या गरेको स्वीकार

फरार अभियुक्त १९ वर्षपछि पक्राउ : तलब नपाएपछि हत्या गरेको स्वीकार

काठमाडौं : घर मालिककी पत्नीको हत्या गरेर फरार एक अभियुक्तलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ। भक्तपुर कटुन्जेकी विजयश्वरी प्रजापतिको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पर्सा सुवर्णपुरका देवीरमन अधिकारीलाई पक्राउ गरेको हो।

२०५७ असार ८ गते देवीरमनले विजयश्वरीको हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार विजयश्वरीको हत्यापछि देवीरमन भारतमा लुकिछिपी बस्दै आएका थिए।

ब्युरोका अनुसार विजयश्वरीका श्रीमान तुलसीदास तत्कालीन पर्साका डिएफओ हुँदा देवीरमन सोही कार्यालयमा करारका कर्मचारी थिए। तुलसीदास मध्यमाञ्चल क्षेत्रीय वन कार्यालयमा सरुवा भएपछि उनले देवीरमनलाई घरमा सहयोगीको रुपमा राखेका थिए।

‘देवीरमनले तुलसीदास र विजयश्वरीसँग काम गरेबापत ११ हजार रुपैंया मागेको तर नदिएपछि हत्या गरेको अनुसन्धानबाट खुलेको छ,‘ ब्युरोका प्रमुख डीआइजी निरज शाहीले भने, ‘भारतमा लुक्दै आएका देवीरमनलाई रुपन्देहीबाट पक्राउ गर्‍यौँ।’

देवीरमनलाई सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा ब्युरो प्रमुख डीआइजी शाहीले भने, ‘कुटो र चक्कु प्रयोग गरेर विजयश्वरीको हत्यापछि देवीरमनले सुन र हिराका गरगहना र पैसा लिएर भागेका थिए।’

विजयश्वरीको हत्या लगत्तै देवीरमन रक्सौल, बनारस, महाराष्ट्रको पुणे र मुम्बईमा गएर बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ। भारतमा उनले छद्मनाम (प्रकाश अधिकारी) राखेर सवारी लाइसेन्स बनाएर गाडी हाक्दै आएका थिए।

उनी यसअघि चार पटकसम्म नेपाल आएपनि पक्राउ गर्न नसकेपछि ब्युरोले विशेष सुराकी परिचालन गरेर रुपन्देहीको बेहलिया नाकाबाट पक्राउ गरेको जानकारी डीआइजी शाहीले दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.