भारतीय क्रिकेटर युवराज सिंहले लिए संन्यास, भावुक हुँदै सुनाए खेल संघर्ष

भारतीय क्रिकेटर युवराज सिंहले लिए संन्यास, भावुक हुँदै सुनाए खेल संघर्ष

नयाँदिल्ली : भारतीय क्रिकेट इतिहासमा स्वर्णिम नाम लेखाउँदै क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका छन् ।

मुम्बइस्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै ३७ वर्षीय सिंहले यस्तो घोषणा गरेका हुन् । अन्ततः जुन ३० मा वेस्ट इन्डिजविरुद्धको उनको वानडे म्याच नै अन्तिम खेल बन्यो । क्यान्सर राेगकाे  सामना गरिरहेका युवराज पछिल्लो दुई वर्षयता क्रिकेटमा सक्रिय छैनन् ।

खेलबाट संन्यास लिइरहँदा युवराजले आफ्नो करिअरमै बनाएका तीन उपलब्धिको बारेमा भारतीय मिढियाले अहिले चर्चा गर्न थालेका छन् । २०११ मा विश्वकप जिताउनु, २००७ टी–ट्वान्टी वल्र्डकपमा इंग्ल्यान्डविरुद्ध एक ओभरमा ६ छक्का प्रहार गर्नु साथै २००४ मा लाहोरमा उनले बनाएको पहिलो टेस्ट सेन्चुरी उनको खेल इतिहासकै महत्वपूर्ण उपलब्धि रहे ।

संन्यास घोषणा गरिरहँदा युवराजले भावुक हुँदै भनेका छन्, ‘म बाल्यकालदेखि नै बावुको मार्गदर्शन अनुसार चलेँ । साथै देशको लागि खेल्ने उनको सपनालाई सधैँ पछ्याइरहेँ । र मैले सधैँ साथीभाइ र परिवारबाट समर्थन पाइरहेँ । २०११ को वल्र्डकप जिताउनु, म्यान अफद सिरिज पाउनु मेरो लागि सपना जस्तै थियो । यसपछि नै मलाई क्यान्सर भयो । जुन आकासबाट जमिनमा खस्नु जस्तै थियो । तर यस बेला मेरो परिवार र साथी मसँगै थिए ।’

युवराजले भनेका छन्, ‘एक क्रिकेटरको रुपमा यात्रा तय गरिरहँदा मैले भारतको लागि खेलौँला भनेर सोचेकै थिइन । लाहोरमा २००४ मा मैले पहिलो शतक लगाएँ । टी–ट्वान्टीमा ६ ओभरमा ६ छक्का हान्नु पनि मेरो लागि यादगार भयो ।’

सबैभन्दा खराब प्रदर्शन

यस दौरान युवराजले २०१४ को टी–ट्वान्टी वल्र्डकप फाइनलमा श्रीलंकाविरुद्ध २१ ओभरमा ११ रन मात्रै बनाउनुलाई युवराजले सबैभन्दा खराब प्रदर्शन भन्दै व्याख्या गरे ।

उनले भने, ‘२०१४ मा टी–ट्वान्टी फाइनलमा मेरो जीवनको सबैभन्दा खराब म्याच थियो । त्यसबेलै मैले सोचेँ कि, मेरो क्रिकेट करिअर सिद्धिँदै छ । तर म धैर्य भएर सोचेँ कि, क्रिकेट खेल्न किन सुरु गरेको थिएँ । फेरि म घरेलु क्रिकेटमा गएँ र असाध्यै मेहनत गरेँ । र तीन वर्षपछि वानडेमा फर्किएँ । किनकि मैले कहिल्यै आफैँलाई विश्वास गर्न छोडिनँ ।’

२०१७ मा युवराज सिंहले क्रिकेट मैदानमा तीन वर्षपछि आफ्नो करिअरकै सबैभन्दा धेरै रन १५० रन जोडे । युवराज भन्छन्, ‘डेढ सालपछि मैले टी–ट्वान्टी मा फर्किएँ । यसपछि अष्ट्रेलियाविरुद्ध अन्तिम ओभरमा छक्का लगाएँ । ३ वर्षपछि म वानडेमा फिर्ता भएँ । २०१७ मा मैले १५० रन बनाएँ, जुन मेरो करिअरको सबैभन्दा धेरै वानडे स्कोर थियो ।’

उनले अघि भने ‘मैले सौरभ गांगुलीको कप्तानीमा खेल्न सुरु गरेको थिएँ । फेरि राहुल द्रविड, जवगल श्रीनाथ जस्ता क्रिकेटरसँग पनि खेल्न पाएँ । आशिष नेहरा, भज्जी जस्ता साथी पनि पाएँ ।’

स्रोत : बिबिसी हिन्दी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.