प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबलको उपाधि आर्मीलाई

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबलको उपाधि आर्मीलाई

ललितपुर : प्रधानसेनापति चौंथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ। लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सोमबार भएको खेलमा गण्डकी प्रदेशलाई हराउँदै त्रिभुवन आर्मी क्लब विजयी भएको हो।

साविकको विजेता तथा आयोजक आर्मीले गण्डकीलाई १६-२५,२५-८,२५-१०,२५-१६ अंकको (३-१) सेटले हराएको छ।

यसैगरी शनिबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै पुलिसले तेस्रो हासिल गरेको थियो। सेमिफाइनलमा आर्मीले पुलिस र गण्डकीले एपीएफलाई हराएको थियो।

प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार प्राप्त गरे। तेस्रो भएसँगै पुलिसले ७५ हजार रुपैयाँमा चित्त बुझायो। 

प्रतियोगितामा भैरव बमलाई सर्वोकृष्ट खेलाडी घोषित भए। उनले पल्सर बाइक प्राप्त गरेका छन् । त्यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट ब्लकर आर्मीका लिब्रो इश्वर थापा,उत्कृष्ट सेटर दुर्गा महत्तो उत्कृष्ट ब्लकर हरी अधिकारी भए। त्यसैगरी उत्कृष्ट स्पाइकरमा गण्डकीका याम क्षेत्री, उत्कृष्ट सर्भर पुलिसका कुलबहादुर थापा र  उत्कृष्ट प्रशिक्षकमा कपिलकिशोर श्रेष्ठ छनौट भए । उनीहरुले जनही १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

जेठ १९ गतेदेखि सुरू भएको खेलमा सातै प्रदेश र ३ विभागीय टीमको सहभागिता थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.