महिला सेलमा गुनासै गुनासा

महिला सेलमा गुनासै गुनासा

काठमाडौं : कालिमाटी महिला सेलमा आँचल (नाम परिवर्तन) आँसु थाम्न नसकी भित्र पसिन्। दुई वर्षअघि मात्र झापाका एक युवकसँग उनको विवाह भएको थियो। सम्बन्ध यतिबेला विच्छेद जस्तै छ। कारण, ती युवकले भित्री वस्त्रसमेत नलगाएको तस्बिर सार्वजनिक गरिदिए।

पहिल्यै अर्की पत्नी र एक छोरा हुँदाहुँदै ढाँटेर उनले आँचलसँग बिहे गरेका रहेछन्। आँचलले पछि मात्र थाहा पाइन्। सम्बन्धविच्छेद गर्छु भन्दा उनले आँचलको नग्न तस्बिर मात्र बाहिर ल्याएनन् ज्यान मार्ने धम्कीसमेत दिए। पीआर लिएका ती युवक अस्ट्रेलियामा अधिवक्ता छन्। आँचललाई अहिले आभाष भएको छ उनले यौनसम्बन्धका लागि मात्र आफूलाई फसाएका रहेछन्। आँचल ती युवकविरुद्ध जबर्जस्ती करणी र साइबर अपराधमा मुद्दा दर्ता गर्ने मेलोमा छिन्।

आँचलको केस छिनोफानो नहुँदै ४ जना सेलभित्र पसे। उनीहरूको पनि वैवाहिक सम्बन्धकै मामिला रहेछ। पत्नी र छोराछोरी हुँदाहुँदै लोग्नेले कान्छी भित्याए। टेकु बस्ने सिर्जना र विनिता (दुवै नाम परिवर्तन) छोराछोरी देखाउँदै रुन थाले। उनीहरूले ‘हेर्नोस् म्याडम अब हामी कसरी बाँच्ने। बच्चा हुँदाहुँदै लोग्ने अर्कैसँग लाग्यो’ भन्दै सेलकी प्रमुख इन्स्पेक्टर चेतना पोखरेलसँग गुनासो गरे। काखमा छोरो च्यापेकी सिर्जनाले लोग्नेलाई नस्विकार्ने अठोट गरिन्। तर, विनिता अझै पनि लोग्ने स्विकार्ने तर उसले कान्छीलाई छाड्नुपर्ने।

पर्सा घर भएर लैनचौर बस्दै आएकी चाँदनी (नाम परिवर्तन) को पीडा पनि कम थिएन। ठमेलमा होटल सञ्चालन गर्ने पति अर्की युवतीसँग लागेपछि उनी विक्षिप्त भइन्। महानगरीय प्रहरी वृत्त लैनचौरमा आइतबार यसबारे छलफल भएको थियो। सहमतिमा चाँदनी डेरा फर्किएलगत्तै उनीमाथि कुटपिट भयो। प्रहरीले फेरि पक्राउ गरी घटना सेलमा पठायो।

पर्साबाट चाँदनीका सासुससुरा आए। ससुराले छोराको गल्ती नै हो भनेर ठहर गरे पनि उनको गुनासो अर्कै थियो। उनले भने, ‘घरभित्रको कुरा किन बाहिर ल्याइन् बुहारीले।’ चाँदनीको पतिको मोबाइलमा अर्की युवतीसँग आपत्तिजनक अवस्थामा बसेको फोटो थियो। उनी भन्दै थिइन्, ‘मलाई त उहाँले यो केटी बहिनी भन्दै हुनुहुन्थ्यो तर बहिनीसँग यस्तो फोटो खिचाउने संस्कार हाम्रोमा छैन।’

यी तीन घटना महिला सेलमा सोमबार दिउँसो एक घण्टामा आएका थिए। यस्तो गुनासो र उजुरी सेलमा दैनिक २०÷३० वटा आउँछन्। प्रहरीले अधिकांशलाई सम्झाइबुझाइ गरेर पठाउँछ। अलि विशेष घटनाको मात्र अनुसन्धान गरेर मुद्दा चलाउने गरेको छ। विशेषगरी मानव बेचबिखन, बहुविवाह, बालविवाह, जबर्जस्ती करणी, करणी उद्योग र घरेलु हिंसाका घटना आउँछन्।

सेल प्रमुख पोखरेल भन्छिन्, ‘राजधानीभित्रै महिला हिंसाले जरा गाडेको छ। बुझ्ने र पढेलेखेकाले बेइज्जती हुने डरले उजुरबाजुर गर्दैनन्। तर आर्थिक अवस्था कमजोर भएका प्रहरीमा आउँछन्।’ यस वर्ष मात्र राजधानीमा प्रहरीले महिला हिंसाका ११ सय ८० उजुरी सुनुवाइ गरेको छ। बहुविवाहका ६०, जबर्जस्ती करणीका १ सय २० र मानव बेचबिखनका २५ घटना सेलमा दर्ता भएका छन्।

‘मलाई लोग्नेले कुटपीट गर्‍यो, खानलगाउन दिएन, सासुससुराले घरबाट निकालिदिने धम्की दिन्छन् भन्ने जस्ता उजुरी दैनिक आउँछन्’, इन्स्पेक्टर पोखरेलले भनिन्, ‘घरभित्रको झगडा सकभर मिलाएरै पठाईन्छ। मुद्दा चलाउनै परे मात्र चलाउँछौं।’ गत वर्षको तुलनामा यस्ता घटनाको संख्या कम भए पनि सामाजिक चेतनाको स्तर अझै कमजोर रहेको तथ्यांकले बताउँछ।

तथ्यांक

गत आव – यो आव (वैशाखसम्म)

घरेलु हिंसा १९६८ – ११८०

मानव बेचबिखन ३९    – २५

बहुविवाह ५४ – ६०

जबर्जस्ती करणी १४८ – १२३
 

 यो आव (वैशाखसम्म)

घरेलु हिंसा १९६८ – ११८०

मानव बेचबिखन ३९    – २५

बहुविवाह ५४ – ६०

जबर्जस्ती करणी १४८ – १२३
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.