सडक विस्तार गर्दा पेट्रोलियम पाइपलाइन क्षतिग्रस्त

सडक विस्तार गर्दा पेट्रोलियम पाइपलाइन क्षतिग्रस्त

काठमाडौं : भारतको डिपोबाट इन्धन भित्र्याउन ओछ्याइएको पाइपलाइनमा क्षति पुगेको छ। सडक विस्तारका क्रममा स्काइभेटर खन्दा पाइपलाइनमा क्षति पुगेको हो। पाइपलाइनमा क्षति पुगेसँगै  निर्धारित समयभन्दा केही ढिलो गरी  पाइपलाइनबाट इन्धन आउने सम्भावना बढेको छ।

वीरगञ्ज–पथलैया व्यापारिक सुधार आयोजना अन्तर्गत ठेक्का पाएको सपना निर्माण सेवाका कर्मचारीको लापरबाहीले परवानीपुरस्थित दिल्ली पब्लिक स्कुलको अगाडि पाइपलाइनमा क्षति पुगेको हो। 

‘सडक विस्तारको क्रममा ठेक्केदारका कर्मचारीले सावधानी नपनाउँदा ओछ्याइसकेको पाइपलाइनको विभिन्न खण्डमा क्षति पुगेको छ,’ नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भने,‘सडक खन्ने क्रममा स्काइभेटरले मुख्य पाइपलाइनको विभिन्न खण्डमा कोतरेको छ। यस्तै पाइपलाइनसँगै पाइपलाइनको डाटा प्रशोधनका लागि हामीले ओछ्याएको अप्टिकल फाइवर पनि विभिन्न खण्डमा भत्काइयो छ।’ 

सडक विस्तारको क्रममा जुन स्थानमा पाइपलाइन ओछ्याइएको थियो, त्यही स्थानमा खाल्डो खनेर  पाइपलाइन र अप्टिकल फाइवर जमिन बाहिर निकालिएको छ। 

यसरी बाहिर निस्किएको पाइपलाइन र अप्टिकल फाइवर भएको स्थानमा पानीसमेत जमेर थप क्षति हुन लागेको निगमले जनाएको छ। कार्यकारी निर्देशक पौडेलले सडक ठेक्का पाएको ठेक्केदारको कमजोरीका कारण राष्ट्रिय गौरवको पाइपलाइनबाट इन्धन भित्रिन नपाउँदै क्षति भएको जानकारी दिए। 

उनले यो बिषयमा मुख्य सचिव र विभागीय मन्त्री मातृका यादवलाई जानकारी गराउनुका साथै घटनास्थलमा मंगलबार बिहान नै निगमको केन्दीय टोली निरीक्षणको लागि परिचालनसमेत गरिसकेका छन्। 

निगमले यही जुन ३० तारिखदेखि उक्त पाइपलाइनमार्फत पहिलो चरणमा टेस्ट गर्नेगरी काम गरिरहेको थियो। 

रक्सौलको इण्डो–नेपालको बोर्डरदेखि अमलेखगञ्जको नेपाल आयल निगमको क्षेत्रीय डिपोसम्मको ३६.२८ किलोमिटरमध्ये करिब जंगल क्षेत्रमा गरी करिब सात मिटरमा पाइप ओछ्याउने काम दु्रतगतिमा अघि बढाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.