धनगढीको बेहडाबाबा धाममा मेला सुरु

धनगढीको बेहडाबाबा धाममा मेला सुरु

धनगढी : धनगढी उपमहानगरपालिका-१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा मेला सुरु भएको छ। विगतको वर्षमाजस्तै यस वर्ष पनि स्थानीयस्तरबाटै मेलाको आयोजना गरिएको हो। मेलाको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन्। उनले प्रदेशमा सबैभन्दा बढी धार्मिक पर्यटनको सम्भावना बेहडाबाबामा रहेको बताए। उनले बेहडा बाबा धामको विकासका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको आश्वासन दिए।

कार्यक्रममा धनगढी उप-महानगरपालीकाका प्रमुख नृपबहादुर वडले बेहडाबाबाको विकासका लागि गुरु योजना तयार भैसकेको बताए। 'बेहडाबाबा जोड्ने सडक कालोपत्रे गर्ने कामको सुरुवात भइसकेको छ,'उनले भने, 'खुटिया र शिवगंगा नदीमा पक्की पुल निर्माणको काम सुरु भइसकेकाले भक्तजनलाई यहाँ आउन समस्या हुँदैन।'

मेलामा भारतीय पर्यटक सबैभन्दा बढी अवलोकन गर्न पुग्छन्। स्थानीयका अनुसार बेहड बाबा दर्शनको लागि आउने दर्शनार्थीमध्ये भारतीयको संख्या नै उल्लेख हुन्छ। बेहडाबाबा सुदूरपश्चिम प्रदेशको एक प्रमुख धार्मिक स्थलका रुपमा चिनिएको छ। यहाँ पत्नीलाभ, पुत्रलाभ, धनलाभलगायत धेरै मनोकांक्षा बोकेर तीर्थालु आउने गरेको स्थानीय बताउँछन्। राज्यको उचित लगानी हुन नसक्दा ओझेलमा पर्दै आएको छ।

स्थानीयका अनुसार मन्दिर घनाजंगलको बीचमा छ। परापूर्वकालमा शिवलिंग आफै उत्पत्ति भएपछि त्यहाँ मन्दिर स्थापना गरिएको हो। मन्दिर परिसरमै महादेव नामको एउटा ठूलो तलाउ पनि रहेको छ। त्यस तलाउमा स्नान गरी दर्शनार्थी शिवजीको पूजा गर्ने गर्दछन्। माघे संक्रान्तिका दिन जलाशयमा स्नान गरी मन्दिरमा दर्शन गर्नाले वर्षभरिको पाप पखालिने जनविश्वास समेत रहँदै आएको छ।

यसका अतिरिक्त त्यहाँ दर्शन गर्नाले पारिवारिक सुख, सन्तान लाभ, धनप्राप्तिका साथै नयाँ जोडी प्राप्त हुने विश्वास गरिन्छ। यस कारणले पनि त्यहाँ नेपाल र भारतका दूरदराजबाट पर्यटक दर्शनका लागि उल्लेख्य संख्यामा आउने गर्दछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.